खतरनाक विवाद

गोरुको मासु खाएको भन्दै भिडियो सामाजिक सञ्जालमा आएपछि गाईको संरक्षणको आवाज उठाई हिन्दूहरूले धरानमा प्रदर्शन गर्ने भएपछि चर्किएको विवाद निकै गम्भीर र खतरनाक देखिएको छ । प्रशासनले लगाएको निषेधाज्ञा र पूर्वमेयर तथा उपमेयरहरू तथा राजनीतिक दलको आग्रहका कारण यो विवाद अहिले केही साम्य भए पनि यसको चुरो भने जीवितै छ । यसले कुनै पनि बेला उग्र रूप लिने सम्भावना जीवितै भएकाले संयमका साथ यो विवादको गहिराइसम्म पुगेर छलफल, अध्ययन र समाधान खोजिनु आवश्यक छ ।  संविधानले गाईलाई राष्ट्रिय जनावर मानेकाले यसको खुलेआम हत्या गर्न कानूनत: मिल्दैन । तर, संविधानले नै आआफ्नो धर्म परम्परा मान्ने स्वतन्त्रता दिएकाले जसले यिनको मासु खाने गरेका छन् तिनलाई रोक्न पनि नमिल्ने देखिन्छ । त्यसैले यो विवाद निकै जटिल छ र यसले निकै प्रश्नहरू उठाएको छ जसबारे निकै गम्भीर विमर्श आवश्यक देखिएको छ । हिन्दूहरूले गाईको संरक्षणमा आवाज उठाए पनि व्यवहारत: उनीहरूले गाईको संरक्षण गरेका छन् त ? दूध दिन छाडेका गाई, बाच्छी, बाच्छा आदि सडकमा छाडेर अलपत्र पार्ने प्रवृत्तिले चाहिँ गाईको संरक्षण र सम्मान हुन्छ त ? त्यस्तै परम्परागत रूपमा गोरुको मासु खानेहरूले खाइरहेकै हुन् । तर, त्यसलाई सामाजिक सञ्जालमा राखेर विद्वेष फैलाउने काम कसले किन गरिरहेको छ भन्ने कुरा पनि बुझ्नु जरुरी छ । गोरूको मासु खान्छौं, यो हाम्रो धर्म हो भन्नेकै धार्मिक समुदायले पनि आफ्नो धर्ममा त्यस्तो नभएको बताएको पाइन्छ । यस्तोमा धार्मिक अवधारणाहरूबारे गम्भीर चिन्तन गर्नुपर्ने अवस्था आएको छ । यसमा सबै धर्मावलम्बीहरूले बृहत् र गम्भीर छलफल गरेर कुनै निर्णय गर्न आवश्यक देखिएको छ । तर, यसका लागि सबै धर्मावलम्बी तयार छन् त ? गाई र गोरुको संरक्षणको आवाज उठेको छ । तर, हिन्दूको परिभाषा अनुसार अहिले भएका सबै गाई पर्छन् त ? अहिले आनुवंशिक परिवर्तन गरिएका गाई पाल्ने क्रम नेपालमा निकै बढेको छ । त्यस्ता गाई पनि यसमा पर्छन् कि पर्दैनन् ? कसैले आफ्नो धार्मिक आस्थाको कुरा मान्छ र अरूमाथि हिंसा नहोस् भन्ने चाहन्छ भने त्यस्तो आस्थाको सम्मान गर्नु अर्को समुदायको दायित्व हो कि होइन ? यो दायित्व सबै पक्षले मनन गर्ने हो भने विवादको हल निकाल्न सहज हुन्छ । चतराको खुवालुुङको विवाद यहाँनेर स्मरणीय छ । त्यसलाई ढुंगाका रूपमा मात्र लिएर हटाउन खोज्दा त्यसलाई आफ्नो आस्थाको विषय भएको किराँतहरूको भनाइ आएपछि त्यसलाई आस्थाको वस्तु मानियो । अब गाईलाई हिन्दूहरूले आफ्नो आस्थासँग जोडिएको मानेका छन् भने अरू धर्मावलम्बीहरूले त्यसलाई आस्थाका वस्तु भनेर सम्मान गर्दा के बिग्रन्छ ? कसैले आफ्नो धार्मिक आस्थाको कुरा मान्छ र अरूमाथि हिंसा नहोस् भन्ने चाहन्छ भने त्यस्तो आस्थाको सम्मान गर्नु अर्को समुदायको दायित्व हो कि होइन ? कसैको आस्थामा चोट नपुर्‍याई आफ्नो धार्मिक आस्था अँगाल्ने हो भने विवाद चर्को बन्दैन । तर, त्यही आस्थाको सम्मान गर्न चुकियो भने त्यसले निम्त्याउने भनेको जातीय र धार्मिक द्वन्द्व नै हो जसले कुनै पनि मानवको हित गर्दैन । साथै आर्थिक विकास र जनजीविकामा समेत गम्भीर असर पार्छ । अहिले विवाद मत्थर देखिएको छ । तर, यो भित्रभित्रै भुसको आगोका रूपमा रहेको छ । यसैबीच राष्ट्रिय झन्डाको अपमान गरेको एउटा भिडियो पनि सामाजिक सञ्जालमा देखिन्छ । यसले झन् समस्या चर्काउने सम्भावना छ । त्यसैले यसबारे राम्रोसँग मन्थन गरेर सबै पक्षलाई स्वीकार्य हुने मत स्थापित गर्न आवश्यक छ । कानूनमा लेखिएको कुरामात्रै गरेर पनि हुँदैन । यसमा राजनीतिक दलहरू पनि जिम्मेवार हुनुपर्छ । हो, उनीहरू धार्मिक सिद्धान्त र त्यसको ऐतिहासिकता र दार्शनिकताबारे विज्ञ हुँदैनन् । तैपनि उनीहरूले सबै धर्मका वास्तविक ज्ञातासँग छलफल गरेर एउटा सर्वस्वीकार्य धारणा बनाउन भने सक्छन् । धरानको विवाद मत्थर हुनुमा दलहरूको भूमिका पनि केही मात्रामा देखिएको छ । त्यसैले उनीहरूले नै पहल गरेर यो विवादको चुरोमा पुगी त्यसको सर्वस्वीकार्य समाधान खोल्न लाग्नुपर्छ । अन्यथा यसले ल्याउने परिणाम निकै भयावह हुन सक्छ ।

सम्बन्धित सामग्री

ताइवानको चुनावी परिणामले चीनलाई धक्का

बेइजिङले विलियम लाइलाई खतरनाक पृथकतावादी पनि भनेको थियो। समस्याको कारक पनि नभनेको होइन। तीनै विलियम ताइवानको राष्ट्रपतिमा निर्वाचित हुनु बेइजिङका लागि धक्काको विषय हो। ताइवानको विवादको विषय नयाँ होइन, चिनियाँ राष्ट्रपति सी चिन फिङ एकीकरणको अनवरत प्रयास नगरेका होइनन्। परन्तु यस वर्ष त्यस विषयले धेरै विवाद निम्त्याएको थियो। ताइवान र चीनको सम्बन्धलाई लिएर संसार नै […]

ताइवान र चीन : आखिर के हो विवाद ?

अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर चीन र अमेरिकाबीच तनाव उत्पन्न भएको छ । विगत २५ वर्षमा उच्चस्तरीय अमेरिकी राजनीतिज्ञको यो पहिलो ताइवान भ्रमण हो । चीनले पेलोसीको ताइवान भ्रमणलाई ‘निकै खतरनाक’ बताएको छ ।चीनका उपविदेशमन्त्री शि फेङले यसलाई द्वेषपूर्ण भन्दै गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । उनले चीन हातमा हात मिलाएर नबस्ने बताएका छन् । यसैबीच अमेरिकी राष्ट्रिय सुरक्षा विभागका प्रवक्ता जोन किर्बीले न्यान्सी पेलोसीको भ्रमण चीनको ‘एक चीन नीति&rs

खुशी आँकडामा होइन, आँगनमा खोजौं

आयमूलक व्यस्तता नै जीवनमा सबैभन्दा ठूलो खुशी हो । असन्तुष्टिको उल्टो अवस्था खुशी होइन । असन्तुष्टि दुःखको मूलकारण हो विवाद छैन तर सन्तुष्टि त्यो भन्दा खतरनाक तत्त्व हो । खुशीलाई सन्तुष्टिको पर्यायवाची नबनाऊँ र बन्न पनि नदिऊँ । सन्तुष्टिका अनेक बाटाहरू हुन सक्छन् तर खुशीको एउटैमात्र बाटो छ । त्यो हो काम, निर्णय र समन्वय । लगानी, उद्यम, निर्यात, व्यापार व्यवसाय, जोेखिम वहन आदिबाट कोही धनी हुन्छ भने समाजलाई पाच्य हुन्छ किनभने उसले कम्तीमा कर तिर्छ । उसले लगानी गरेको, जोखिम लिन सकेको कारणले धनी हुनु सामान्य कुरा हो । हालै विश्वभरमा एउटा स्वतन्त्र समूहले प्रकाशित गर्ने गरेको एक सूचकांकले फिनल्यान्डलाई सबैभन्दा खुशी देश र बुरुन्डीलाई सबैभन्दा दुःखी देशमा सूचीकृत गरेको छ । यस सूचकांकमा नेपाल ८५ औं श्रेणीमा परेको छ । यो तथ्यांक प्रकाशनपछि तुरुन्तै नाप्न थाल्ने हो भने नेपालको श्रेणीमा अझै सुधार आउला जस्तो अवस्था छ । विडम्बना हामी तथ्यांकमा पुलकित छौं त्यसको स्रोतमा होइन । इन्डेक्समा ८५ आए पनि नआए पनि यसपटक दक्षिण एशियाका अरू देशभन्दा नेपालको अवस्था सुधार भएको कारणले यसको चर्चा बढेको छ । सबैतिर हाम्रो हर्षको व्यापक चर्चा भएको छ । परन्तु यो लेखकलाई तुलनात्मक प्रशन्नताभन्दा निरपेक्ष खुशीको खोजी छ जसलाई कसैले डगाउन नसकोस् । हामी ८५ औं नम्बरमा पर्नुपर्ने कारण के थियो । हामी किन ५० वा ३० भित्र किन परेनौं भन्ने चिन्ता गर्नुपर्नेमा ८५ मै गदगद हुनु बाध्यता हो वा कमजारी, कसैले मनन गरेको छैन । नेपाल किन ८५ औं नम्बरमा पर्‍यो त ? आर्थिक साधन तथा कमाइमा असमानता  नेपाली खुशी हुनुको मूल कारण धनको असमान वितरण हो । जुन सामाजिक विभेद वा आर्थिक खाडललाई हामीले आधुनिकताको चश्माबाट हेरिरहेका छौं, त्यसले हामीलाई भित्रभित्र खोक्रो बनाइरहेको छ । एउटा विदेशी प्रोजेक्टमा, एनजीओ वा अन्य कुनै वैदशिक सहयोगको आयोजनामा काम गर्ने समूहले जुन तरीकाले तलब पाएको छ आम नेपाली औसतभन्दा धेरैमाथिको जीवनस्तर बिताइरहेको छ । यसले आम मानिस तनावको अवस्था सृजना गरेको छ । विदेशमा जानेहरूले नेपालमा भन्दा बढी कमाएकाले पनि नेपाली बीच खाडल बनेको हुन सक्छ । पूँजीवादमा कुनै मानिस धनी गरीब हुन्छ त्यसमा कुनै द्विविधा नै छैन । तर, धनी हुनुको कारण पारदर्शी हुनुपर्‍यो । जागीर खाएको कारणले वा राजनीति गरेर अलिकति तालमेल मिलाएको कारणले मात्र कोही करोडपति र कोही गरीब बन्ने अवस्था नआओस् । लगानी, उद्यम, निर्यात, व्यापार व्यवसाय, जोेखिम वहन आदिबाट कोही धनी हुन्छ भने समाजलाई पाच्य हुन्छ किनभने उसले कम्तीमा कर तिर्छ । उसले लगानी गरेको, जोखिम लिन सकेको कारणले धनी हुनु सामान्य कुरा हो । केबल जागीर, दलाली, कमिशन तन्त्रबाट कोही अति धनी हुन्छ भने त्यसले अन्यलाई दुःखी बनाउँछ । त्यसैले राज्यले कसैलाई चलाखी र काकतालीको भरमा धनी बन्ने बाटोहरू खोलिदिनु हुँदैन । लगानीका लागि उत्प्रेरणा देशमा खुशी बढाउने हो भने लगानीका हरेक क्षेत्रमा उत्प्रेरणाको वातावरण हुनुपर्छ । औद्योगिक लगानीमा कुनै प्रकारको व्यवधान घुस कमिशन हुनु हुँदैन । आयकर ऐन २०५८, अन्तःशुल्क ऐन २०५८, मूल्य अभिवृद्धि कर ऐन २०५२ ले केही छूट दिएको छ । तर, लगानी प्रक्रिया बढी झन्झटिलो, बीचमा पैसा खोज्ने प्रकृतिको हुनाले देशमा उद्योगको बाटो खुल्दैन । उद्योग खोल्ने व्यक्तिलाई उनीहरूको हितसँग सम्बद्ध बाहेकका अवरोधहरू कहिल्यै खडा गर्नु हुँदैन । उनीहरूको व्यावसायिक योजना वस्तुनिष्ठ छ/छैन भनी सकारात्मक सल्लाह दिनु ठीक हो । तर, अनैतिक द्रव्याभिलाषाले कागज रोकेर लगानी गर्ने विचारलाई बाधित गर्ने प्रवृति राम्रो होइन । लगानीको वातावरण सहज हुनुपर्छ, परियोजना यथार्थपरक हुनुपर्छ । सरकारी नीतिको लाभ उठाएर सस्तोमा ऋण पाउन मात्र प्रस्ताव गरिएका उद्योगलाई भन्दा वास्तवमा काम गर्ने व्यक्ति वा समूहलाई लगानीको अवसर दिनुपर्छ । यदि सरकारले कुनै विशेष उद्योग वा लगानीलाई केही सुविधा दिएको छ भने आम जनताले थाहा पाउने गरी जानकारी सम्प्रेषण गर्नुपर्छ । यसका लागि कुनै निकायलाई विशेष जिम्मेवारी दिएर भए पनि राज्यको सहुलियतबाट कोही अछुतो नरहोस् भन्ने उद्देश्यका साथ खुशीको दरमा वृद्धि गर्न सकिन्छ । कृषि तथा परम्परागत उद्योगलाई प्रोत्साहन कृषिअन्तर्गत खेती, माहुरीपालन, तरकारी, फलफूल यस्ता उद्योग हुन्, जसको अधिकांश प्रकृतिले गरिदिन्छ । तालमेल मिलाउन थोरै समय लाग्छ त्यस्तो उद्योगबाट दिगो खुशी प्राप्त गर्न सकिन्छ । कानूनहरूलाई कृषिमैत्री बनाउँदै लगेर छुट्टै प्रकारको जोखिमरहित खुशीको वृद्धि गर्न सकिन्छ । प्राविधिक र इन्जिनीयरिङमा बढी आधारित छिटो प्रविधि परिवर्तन हुने उद्योगबाट लाभ लिन कठिन हुन्छ । बहुराष्ट्रिय कम्पनीका प्रोडक्टलाई विस्थापन गर्न नसक्ने उद्योगका लागि बढी जोड दिने हो भने लामो समयसम्म कर्मशील वर्गलाई भित्री रूपमा सम्पन्न गराउन सकिन्छ । शासनमा न्याय देशमा खुशी कानूनले होइन न्यायले प्रदान गर्ने गर्छ । कानून कडा न्याय फितलो भयो भने जनताबाट खुशी भाग्न थाल्छ । त्यसैले खुशीको आँकडालाई अझै सुधार गर्नुछ भने निःसन्देह पदमा बस्नेहरू निष्पक्ष हुन सक्नुपर्छ । देखिने गरी नागरिकमाथि अन्याय हुनु हुँदैन । कुनै पदमा सार्वजनिक रूपमा विज्ञापन गरिन्छ भने त्यसमा आफूले प्रोजेक्ट गरेको उम्मेदवार कुनै कारणवश अयोग्य भएमा विज्ञापन नै खारेज जस्तो संकस्ण चिन्तनले देशमा कहिल्यै विकास हुँदैन । विज्ञापन गर्नु भनेको सम्पूर्ण नागरिकलाई एकहदसम्म समान अवसर दिनु हो । त्यसैले सार्वजनिक रूपमा नागरिकमा हताशा आउने गरी विज्ञापन खारेज गर्ने जस्ता अपराध नगरौं र कसैलाई आरोप यस कारण नलगाऊँ कि ऊ अरू कसैले नियुक्त गरेको हो । मानिसको मूल्यांकन उसले दिने परिणामका आधारमा गरौं । त्यसैले आँकडामा खुशी मुलुकमा परेको भन्दै मख्ख पर्नुको अर्थ छैन । वास्तविक खुशी हुन सक्नु नै समृद्धिको आधार हो । लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यायन गर्छन् ।

देशमा नयाँ द्वन्द्वको खतरा

काठमाडौं, २७ कात्तिक । देशमा एकपछि अर्को खतरनाक अवस्थाहरु विकास भएर गएका छन् । जताततै द्वन्द्वका खतराहरु देखापरेका हुन् । राजनीतिक दलहरुभित्र विभाजन र विवाद चुलिएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी विभाजित भई नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएको छ । एमाले फेरि फुटेको छ । उक्त दलभित्र फेरि नयाँ विवाद चुलिएको छ […]

भारतबाट कोरोना महामारी अन्त्यका लागि पाकिस्तानका प्रधानमन्त्रीले गरे प्रार्थना

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतमा बढिरहेको कोरोना भाइरस संक्रमणको अन्त्यका लागि प्रार्थना गरेका छन् । शनिवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै प्रधानमन्त्री खानले भनेका छन्, ‘म भारतीय जनतालाई समवेदना दिन चाहन्छु, यतिबेला भारत कोरोनाको खतरनाक लहरसँग लडिरहेको छ । यो महामारीबाट पीडित हाम्रा छिमेकी र संसारभरका व्यक्तिका लागि हामी प्रार्थना गर्दछौं, छिट्टै स्वास्थ्य लाभ होस् । हामीले मानवतासहित मिलेर यो विश्वव्यापी चुनौतीसँग लड्नुपर्छ ।’  भारत र पाकिस्तानबीच अनेक विवाद र झमेला भइरहने भएपनि महामारीका ...