पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतमा बढिरहेको कोरोना भाइरस संक्रमणको अन्त्यका लागि प्रार्थना गरेका छन् ।
शनिवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै प्रधानमन्त्री खानले भनेका छन्, ‘म भारतीय जनतालाई समवेदना दिन चाहन्छु, यतिबेला भारत कोरोनाको खतरनाक लहरसँग लडिरहेको छ । यो महामारीबाट पीडित हाम्रा छिमेकी र संसारभरका व्यक्तिका लागि हामी प्रार्थना गर्दछौं, छिट्टै स्वास्थ्य लाभ होस् । हामीले मानवतासहित मिलेर यो विश्वव्यापी चुनौतीसँग लड्नुपर्छ ।’
भारत र पाकिस्तानबीच अनेक विवाद र झमेला भइरहने भएपनि महामारीका ...