काँग्रेसका महाधिवेशन प्रतिनिधि हक एमालेमा प्रवेश

रौतहटस्थित नेपाली काँग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि एकरामुल हकसहितका नेता कार्यकर्ताहरू पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।गुजारा नगरपालिकाका मेयर प्रत्याशी स्व.शेख दाउदका छोरा  एकरामुल हक र काँग्रेसका क्षेत्रीय प्रतिनिधि झमक प्रसाद चौलागाईंले पार्टी पारित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।कटहरियास्थित तराई मधेस सहिद स्मृति प्रतिष्ठानको सभाकक्षमा एक कार्यक्रमका बीच एमाले केन्द्रीय सदस्य तथा रौतहट सहईन्चार्ज कुन्दन कुश्वाहाले उनीहरुलाई टीका र माला लगाएर स्वा

सम्बन्धित सामग्री

काँग्रेसमा मेयरका दाबेदार एकरामुल एमालेबाट भिड्दै

नेपाली काँग्रेसमा मेयर पदको दाबेदार रहेका सेख एकरामुल हक एमालेबाट मैदानमा उत्रेका छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हक रौतहटको गुजरा नगरपालिकामा एमालेबाट मेयरमा भिड्दै छन् ।काँग्रेस महाधिवेशन प्रतिनिधि हक कहिदिन अघि मात्र पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । गुजरा नगरपालिकामा एमालेबाट उपमेयरमा रानीकुमारी चौधरी मैदानमा उत्रेकी छन् ।

जनकपुरधाम उपमहानगरमा एमालेबाट शिवशंकर र रुना

जनकपुरधाम : नेकपा एमालेले जनकपुरधाम उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गरेको छ।नेकपा एमालेबाट मेयरमा शिवशंकर साह (हीरा) र उपमेयरमा रूना झाले उम्मेदवारी दर्ता गराएका छन्। उनीहरू दुवैले आज सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।रूना आजै नेपाली कांग्रेस छाडेर एमालेमा प्रवेश गरेकी हुन्। कांग्रेस धनुषाको निर्वाचन क्षेत्र ३ बाट प्रदेश महाधिवेशन प्रतिनिधि र प्रदेश समिति सदस्य रहेकी झा उपमेयरको उम्मेदवारी पाएपछि आजै एमालेमा

को को छन् पदाधिकारी तथा केन्द्रीय सदस्यमा सुदूर पश्चिमका दावेदार?

धनगढी – नेकपा (एमाले) को दशौँ महाधिवेशनमा पदाधिकारी तथा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सुदूर पश्चिमका नेताहरु थपिएका छन्। महाधिवेशन प्रतिनिधि छानिएपछि उनीहरुले विभिन्न तरिकाले आफ्नो दावेदारी प्रस्तुत गरिरहेका छन्। अहिलेसम्म सुदूर पश्चिमबाट केन्द्रीय पदाधिकारी दावी गर्नेमा एमाले सुदूर पश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा र माओवादीबाट एमालेमा प्रवेश गरेका एमाले सुदूर पश्चिम इन्चार्ज लेखराज भट्ट रहेका […]