फिक्कल नयाँबजार सडक ट्रयाक खोलेको ६५ वर्षपछि कालोपत्रे सुर भएको छ । प्रदेश १ सरकारको लगानीमा इलामको फिक्कल–नयाँबजार जौबारी सडक कालोपत्रे गर्ने काम सुरु भएको हो । ३६ महिनामा कालोपत्रे सक्ने गरी सडक निर्माण सुरु भएको हो ।
प्रदेश सभा इलाम क्षेत्र नं १ को क की सांसद खिनु लङ्वा लिम्बुको सिफारिसमा फिक्कल– नयाँ बजार कालोपत्रे गर्ने प्रदेश सरकारले निर्णय गरेको थियो । सडक कालोपत्रेका लागि प्रदेश सरकारले त्रिपन्न करोड लगानी गरेको छ ।