विश्वमै दुर्लभ मानिएका वनस्पति, जडीबुटी र वन्यजन्तुको अवैध ओसारपसार तथा तस्करीका घटनामा ६० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय सङ्गठित आपराधिक समूहको संलग्नता देखिएको छ । ती समूहले अवैध ओसारपसार र कारोबार गर्दा दैनिकजसो कानुन कार्यान्वयन गर्ने निकायको आँखा छल्दै नयाँ प्रविधि र फरक बाटो प्रयोग गर्ने गरेको तथ्य पनि सार्वजनिक भएको छ ।
बागलुङ : जिल्ला प्रहरी कार्यालय बागलुङले २५० केजी अवैध सुनखरी (जडीबुटी)सहित एक महिलालाई पक्राउ गरेको छ।
प्युठानको स्वर्गद्वारी नगरपालिका-३ की देवी केसीलाई जिल्ला प्रहरी कार्यालय बागलुङको प्रहरी टोलीले २ सय ५० केजी सुनखरीसहित १६ गते राति बागलुङ नगरपालिका-१ मालढुंगाबाट पक्राउ गरेको हो।
शंकास्पद रूपमा फेला परेकी केसीको साथबाट फरक–फरक तौलका १० वटा बोरामा रहेको खैरो रंगको सुनखरी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए।
बागलुङबाट काठमाडौं लै...
कबाडको आडमा जडीबुटीको अवैध कारोबार हुँदै आएको पाइएको छ । जडीबुटीका तस्करहरु कबाड संकलन र निकासीको आडमा नेपालबाट बहुमूल्य जडीबुटी भारततर्फ लैजान सक्रिय रहँदै आएको तथ्य प्रकाशमा आएको हो ।सोमबार डिभिजन वन कार्यालय नवलपरासी पश्चिमले सीमावर्ती क्षेत्रबाट ठुलो परिमाणमा प्रतिबन्धित जडीबुटी बरामद गरेको हो । कार्यालयले विशेष सुराकीको आधारमा जिल्लाको सरावल गाउँपालिका–७, भुजहवाँस्थित एक कबाड पसलबाट ठुलो मात्रामा प्रतिबन्धित सुनाखरी र झ्याउजस्तो जडीबुटी बरामद गरेको हो ।भुजहवाँ गाउँस्थित साई टे«ड
अवैध रुपमा चोरी गरी ल्याईएको मोबाइलसहित २ जना पक्राउ परेका छन् । भन्सार छलेर चोरी पैठारी गरी ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा महोत्तरी घर भएका हाल शंखमुल बस्ने २१ वर्षिय आकाश कार्की र महोत्तरी घर भएका हाल जडीबुटी बस्ने २१ वर्षिय अमित कुमार महत्तो रहेका छन्...