विदेशबाट फर्किएर स्वदेशमै कृषि कर्ममा आकर्षित पाल्पाका युवा

पाल्पा । मनग्य धन आर्जन गरेर घरपरिवारलाई सुख दिने र आफ्ना सन्ततिलाई राम्रो शिक्षा दिने सपना साकार पार्न युवाहरू लामो समयसम्म विदेशमै भासिने गरेकोमा पाल्पाका दुई जना युवा छोटो समयमै विदेशबाट फर्किएर कृषि व्यवसाय गरेर अन्य युवाका लागि प्रेरणाका श्रोत बनेका छन् । पाल्पाका बम बहादुर थापा र गिरी बहादुर थापाले विदेशको बसाई टुंग्याएर स्वदेशमै […]

सम्बन्धित सामग्री

पढाइसँगै व्यवसायमा रमे विद्यार्थी

सल्यान : खेतीकिसानी गर्ने भन्दा धेरैले नाक खुम्च्याउने गर्छन्। युवापुस्ता खेतीतर्फ खासै आकर्षित भएको पाइँदैन। विदेशमा गएर ज्याला मजदुरी गर्न तयार हुने तर आफ्नै खेतबारीमा कुटोकोदालो गर्न युवा हिच्किचाउँछन्।कतिपय युवा भने विद्यालयमा खेतीकिसानी गर्दै आइरहेका छन्।शिवजन माविका प्राविधिक धारअन्तर्गत पर्ने तीनवर्षे बाली विज्ञान (बीएस्सी एजी), १८ महिने कृषि जेटीए, भेटेरिनरी, वन प्राविधिक पढ्ने झन्डै ५० जना विद्यार्थीको पाँच समूहले पढाइसँगै तरकारी खेती गरेर आयआर्जन गर्दै आएका छन्। व्यवसायतर्फ उन्मुख गर्न

स्ट्रबेरी खेतीतर्फ युवा किसान आकर्षित

पछिल्लो समय युवाहरु कृषि व्यावसायतर्फ आकर्षित भएका छन् । देवदह नगरपालिकामा स्ट्रबेरी खेतीबाट राम्रो प्रतिफल दिएपछि युवाहरु कृषि पेसातर्फ आकर्षित बनेका हुन् ।

डिग्री होल्डर ‘आइडल’ किसान

अत्तरिया- नेपालमै कृषिमा भविष्य खोज्ने युवाको संख्या बढ्दो क्रममा छ। विदेश जाने लहर नरोकिएको भए पनि पछिल्लो समय नेपालमै व्यवसायिक कृषि गर्न युवाको आकर्षण बढिरहेको देखिन्छ। विदेशबाट आएका र अन्य पेशा व्यवसायमा लागेका युवा पनि कृषिमा आकर्षित हुन थालेका छन्। शंकरदेव क्याम्पसबाट एमबीएस गरेका कञ्चनपुरका महेन्द्र बोहराले कृषिलाई मुख्य पेशा बनाएका छन्। परम्परागत शैलीलाई आधुनिकतामा […]

सल्यानका युवा माछापालनमा आकर्षित

सल्यान : छोटो समय र थोरै लगानीबाट मनग्य आम्दानी भएपछि सल्यानका युवा माछापालनमा आकर्षित भएका छन्। परम्परागत कृषिभन्दा व्यावसायिक माछापालनबाट राम्रो आम्दानी गर्न सकिने छत्रेश्वरी गाउँपालिका-६ का लोकराज भण्डारीले बताए। माछापालनबाट खर्च कटाएर वार्षिक ३ देखि ४ लाख रूपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ।‘मैले झन्डै एक दशकदेखि व्यावसायिक माछापालन गर्दै आइरहेको छु‚’ भण्डारीले भने‚ ‘यस वर्ष वर्षातले झण्डै ६ लाख भुरा बगायो। तर पनि झन्डै दुई लाख रूपैयाँको माछा बिक्री भयो।&

वैदेशिक रोजगारबाट फर्केका धनकुटाका युवा तरकारी खेतीमा आकर्षित

माघ १, धनकुटा । धनकुटा नगरपालिका ४ ठोकाका श्रवण कुमार आठपहरिया बारीमा रहेका काउली, खोर्सानी टिपेर बेच्ने तयारीमा छन् । ‘पैसा त आफ्नै गाउँमा फल्न थाल्यो, म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिएँ,’ काउली काट्दै गरेका आठपहरियाले भने, ‘अहिले तरकारी खेतीमै व्यस्त हुने गरेको छु ।’ आठपहरियालाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ । तरकारी बेचेर यो वर्ष ७ लाख घर भित्रिने उनको अनुमान छ । अहिले उनले ६ रोपनी बारीमा तरकारी खेती गरेका छन् । आठपहरिया मात्रै होइन, ठोकाका अधिकांश कृषकले सिजन अनुसारको तरकारी बाली लगाउने गरेका छन् ।  केही क्षेत्रफलमा अकबरे खोर्सानी लगाउँदै आएका सोही ठाउँका सुजन आठपहरियाको परिवारले ६ महीनाको अवधिमा ७ लाखको अकबरे खोर्सानी बेचिसकेका छन् । ‘विक्री नहुने सम्भावना नै छैन,’ उनले भने, ‘बारीमै अकबरे खोर्सानी उठाउन आउँछन् ।’ श्रवण र सुजनजस्ता वैदेशिक रोजगारीबाट फर्केका धनकुटाको ठोकाका युवाले गाउँ नै तरकारीमय बनाएका छन् । ठोकाका अधिकांश युवा वैदेशिक रोजगारबाट फर्केर अरुलाई प्रोत्साहन गर्दै तरकारी खेती गरिरहेका हुन् । धनकुटामा वैदेशिक रोजगारबाट फर्केका युवा कृषि कर्ममा लाग्ने चलन बढ्न थालेको छ ।  तरकारी खेतीमा लागेर धनकुटाको ठोकाका युवाले गाउँलाई नै तरकारीमय बनाएका छन् । युवाले आलु, काउली, बन्दा, प्याज, टमटर, अकबरे खुर्सानी लगायत तरकारी उत्पादन गरेर राम्रो आम्दानी गर्न थालेका छन् । विदेशमा हुने कमाइभन्दा तरकारी खेतीबाट यहीँ राम्रो आम्दानी हुने गरेको उनीहरुको अनुभव छ । तरकारी विक्री गरी कमाएको पैसाले दैनिक घरखर्च चलाउन, चाडपर्व मनाउन र बालबच्चाको पढाइ खर्च त मज्जाले टरेकै छ । खर्च कटाएर बचेको पैसा बचत गर्न थालेका छन् । विदेशको रोजगारी छोडेर स्वदेशमै अर्गानिक तरकारी खेतीमा धनकुटाको ठोकाको युवाको आकर्षण बढ्न थालेको छ । व्यवसायिक रुपमा तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि आकर्षण बढेको हो । छोटो समयमा राम्रो आम्दानी हुन् थालेपछि विदेशिन लागेका युवा पनि तरकारी खेतीमा आकर्षित हुन थालेका छन् ।  रसायनिक विषादी प्रयोग गरेका तरकारीले स्वास्थ्यमा प्रतिकुल असर परेकोले विदेशबाट फर्केका युवाले अर्गानिक तरकारी खेतीमा ध्यान दिएको कृषक अगमशेर आठपहरियाले बताए । रसायनिक विषादी प्रयोग बन्द गरेर वनस्पतीका पातहरुबाट बनाइएको जैविक विषादी प्रयोग गरिरहेको उनको भनाइ छ । धनकुटा नगरपालिका वडा नं. ४ ले ठोका क्षेत्रलाई तरकारी पकेट क्षेत्र घोषणा गरेपछि खेती गर्नेको संख्या बढेको छ । धनकुटा नगरपालिका–४ का वडाध्यक्ष जमशेर आठपहरियाका अनुसार ठोकाका स्थानीय किसानले तरकारी बेचेर मात्रै वार्षिक एक करोड रुपैयाँभन्दा बढी गाउँ भित्र्याउने गरेका छन् । ‘कृषि पकेट क्षेत्र कार्यक्रम मार्फत वडाले केही बजेट विनियोजन गरेको छ ।’ वडाध्यक्ष आठपहरियाले भने, ‘त्यस्तै कृषि ज्ञान केन्द्रबाट मिनिटिलर टनेल लगायतका सामग्री वितरण भएको छ । यसले कृषकको आम्दानी झन् बढ्ने अनुमान छ ।’  ठोकाका अधिकांश स्थानीयले तरकारी खेती गरिरहेका छन् । किसानले उत्पादन गरेका तरकारी धनकुटा बजारसहित तराईका विभिन्न जिल्लामा पुग्ने गरेको छ । किसानले उत्पादन गरेको तरकारी लिन व्यापारीहरु गाडी लिएर गाउँमै आउने गरेको वडाध्यक्ष आठपहरियाले बताए ।

कृषिको व्यवसायीकरणका लागि स्थानीय तहले गर्नुपर्ने काम

कृषिलाई नाफामूलक व्यवसायका रूपमा स्थापित गर्न नसक्दा यस क्षेत्रमा लगानीका लागि निजी क्षेत्र र रोजगारीका लागि युवा उद्यमीहरू आकर्षित हुन सकेका छैनन् । नेपालमा परम्परागत रूपमा निर्वाहमुखी खेती प्रणाली अवलम्बन गरिँदै आएको र कृषि विकासका लागि भएका सरकारी तथा गैर–सरकारी क्षेत्रबाट भएका प्रयासहरू सीमित स्रोत र साधनहरूका कारण एकीकृत रूपमा नभई छरिएर जाने गरेकाले प्रतिफलमुखी […]

वैदेशिक रोजगारीमा गएका स्याङ्जाका युवा कृषिमा रमाउँदै

केही समय पहिला युवाको रोजाइमा नपरेको कृषि पेशामा अहिले विस्तारै युवाहरू आकर्षित हुन थालेका छन्। एक समय कृषि पेशा भन्नेबित्तिकै नाक खुम्च्याउने युवापङ्क्ति अहिले भने यो पेशाप्रति आकर्षित हुन थालेका छन्।

व्यावसायिक माछापालनमा युवा

स्थानीय स्रोत र साधन प्रयोग गरेर म्याग्दीका युवा हावापानी सुहाउँदो कृषि तथा पशुपालनमा आकर्षित भएका छन् । त्यस्तै अन्नपूर्ण गाउपालिका–२ स्थित भुरुङ तातोपानीका दुई युवा सुजन राम्जाली र इन्द्र थाापाले तातोपानीको बेंसीमा ब्यावसायिक माछापालन सुरु गरेका छन् ।

वैदेशिक रोजगारीको विकल्पमा कृषि

पुर्खाले अंगालेको कृषि पेशालाई लत्याएर रोजगारीका लागि गएका युवा विदेशबाट फर्किएपछि कृषिलाई पेशा र व्यवसाय बनाउने क्रम बढेको छ । वैदेशिक रोजगारीबाट फर्केका अधिकांश युवा अन्य पेशाको तुलनामा कृषि पेशा तथा व्यवसायमा धेरै आकर्षित हुन थालेका छन् । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) र फुड एन्ड एग्रिकल्चर अगनाइजेशन (एफएओ) ले केही वर्षअघि गरेको अध्ययनले वैदेशिक रोजगारबाट फर्किएका युवाहरू उन्नत पशुपालन, दुग्ध व्यवसाय, माछापालन, कुखुरापालन र आधुनिक कृषि क्षेत्रमा आकर्षित हुने गरेको देखाएको छ । यी

चितवनका चेपाङ युवा मौरीपालनमा अाकर्षित हुँदै

चितवन : चितवन र मकवानपुरको पहाडी क्षेत्रमा बसोवास गर्ने चेपाङ समुदायका युवा व्यावसायिक मौरीपालनमा अग्रसर हुन थालेका छन्। अन्नको अभावमा जंगलमा गिठ्ठा र भ्याकुर खाएर जीवन गुजारिरहेका चेपाङ युवा अहिले कृषि, पशुपालनपछि मौरीपालनमा आकर्षित देखिएका हुन्।  परम्परागत कृषि र ...