पुर्खाले अंगालेको कृषि पेशालाई लत्याएर रोजगारीका लागि गएका युवा विदेशबाट फर्किएपछि कृषिलाई पेशा र व्यवसाय बनाउने क्रम बढेको छ । वैदेशिक रोजगारीबाट फर्केका अधिकांश युवा अन्य पेशाको तुलनामा कृषि पेशा तथा व्यवसायमा धेरै आकर्षित हुन थालेका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) र फुड एन्ड एग्रिकल्चर अगनाइजेशन (एफएओ) ले केही वर्षअघि गरेको अध्ययनले वैदेशिक रोजगारबाट फर्किएका युवाहरू उन्नत पशुपालन, दुग्ध व्यवसाय, माछापालन, कुखुरापालन र आधुनिक कृषि क्षेत्रमा आकर्षित हुने गरेको देखाएको छ । यी