दुर्घटनामा घाइते नेपालप्रेसकर्मी नविनकाजीको स्वास्थ्य सामान्य सुधार, भेन्टिलेटरबाट बाहिर निकालियो

काठमाडौं । स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका नेपालप्रेसकर्मी नविनकाजी राईको स्वास्थ्यमा सामान्य सुधार आएको छ । उपचारमा संलग्न काठमाडौं मेडिकल कलेज सिनामंगलका चिकित्सकका अनुसार उनलाई आज भेन्टिलेटरबाट बाहिर निकालिएको छ । दुर्घटनापछि टाउकोमा जमेको रगत निकाल्ने शल्यक्रिया शनिबार करिब ६ घण्टा लगाएर सम्पन्न भएको थियो । रक्त चाप निकै कम रहेकाले बढाउनका लागि औषधि चलाइएको […]

सम्बन्धित सामग्री

दुर्घटनामा परेका सौर्य एयरका पाइलट डिस्चार्ज हुँदै

१७ साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनिष शाक्यको स्वास्थ्यमा सुधार हुँदै गएको छ । स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि उनलाई डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालको मेडिकल डाइरेक्टर डा. मीना थापाले बताइन् …

सौर्य जहाज दुर्घटना : पाइलट शाक्यलाई आईसीयूबाट सामान्य वार्डमा सारियो

सौर्य जहाज दुर्घटनामा घाइते भएका पाइलन मनीषरत्न शाक्यलाई सघन उपचार कक्ष(आईसीयू) बाट सामान्य वार्डमा सारिएको छ । स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई सामान्य वार्डमा सारिएको काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक प्रा.डा. मीना थापाले जानकारी दिइन् ।

क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य छ : अस्पताल

दुर्घटनामा घाइते भएका सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको काठमाडौं मेडिकल कलेजले जनाएको छ ।

क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य : अस्पताल

दुर्घटनामा घाइते भएका सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको काठमाडौँ मेडिकल कलेजले जनाएको छ । अस्पतालका निर्देशक प्राडा मीना थापाले विज्ञप्ति जारी गर्दै उपचाररत केसीको स्वास्थ्यमा अन्य जटिलता नदेखिएको बताइन् ।

भयानक विमान दुर्घटनामा परी बाच्न सफल पाइलट शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त

बुधबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्स विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा अपचाररत पाइलट शाक्यको ढाडको हड्डी भाँचिएको बताइएको छ । उनी अहिले आईसीयूकक्षमा उपचाररत छन् । शाक्यको अवस्था खतरामुक्त रहेको र परिवारसँग भेटघाट तथा बोलचाल गरिरहेको केएमसी अस्पतालले जनाएको छ […]

दुर्घटनापछि घनश्याम भन्छन् : चोटपटक र गम्भीर समस्या छैन, रिपोर्टहरू सामान्य छन्

काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसालले सडक दुर्घटनामा परे पनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्।  सामाजिक सञ्जालमा लेख्दै भूसालले अहिले सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचाररत रहेको जानकारी दिएका छन्।  उनले कुनै पनि प्रकारको चोटपटक वा गम्भीर समस्या नरहेको र मेडिकल जाँचका रिपोर्टहरु समेत सामान्य रहेको उल्लेख गरेका छन्।  ‘सडक दुर्घटनाको कारण सिभिल अस्पतालमा उपचाररत रहेको हुँदा अहिलेसम्म कुनै प्रकारको च‍ोटपटक वा गम्भीर समस्या नरहेको, साथै मेडिकल टेस्टको हा...

अर्घाखाँचीमा कार दुर्घटना : पाँचजना घाइते

काठमाडौं : अर्घाखाँचीको शीतगंगा नगरपालिका–२ सीतापुरमा कार दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भLर रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। शनिबार बिहान साढे ७ बजे तनहुँको आबुखैरेनीबाट सुपा देउराली दर्शन गरेर फर्किने क्रममा ग ३ च १५७९ नम्बरको कार दुर्घटनामा परेको हो।दुर्घटनामा गम्भीर घाइते भएका दुईसहित तीनजनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रेफर गरिएको छ।   दुईजनाको उपचार ठाडामै भइरहेको छ।