सर्लाही । नेपका एमाले सर्लाही जिल्लाको आठौं अधिवेशनले राजनारायण साहलाई पुनः अध्यक्षमा चयन गरेको छ । शनिबार महासचिव शंकर पोखरेलले अधिवेशन उद्घाटन गरेका थिए । अधिवेशनले उपाध्यक्षमा विदुर प्याकुरेल, सचिवमा केदार खत्री र उपसचिवमा प्रकाश थापा र पार्वती विश्वकर्मालाई चयन गरेको एमालेले जनाएको छ ।