काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीले विदेशमा रहेका नेपालीलाई मतदानकाे अधिकार (मताधिकार) दिनेदेखि देशमै रोजगारी सिर्जना गर्ने लगायत रोजगारीका विषयलाई समेटेर आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको लागि राप्रपाले सार्वजनिक गरेको चुनावी प्रतिबद्धता तथा घाेषणापत्रमा वैदेशिक रोजगारी र स्वदेशमै रोजगारी सिर्जनालाई महत्वका साथ समेटेको हो । दीर्घकालीन राष्ट्रिय रणनीतिमा व्यापक रोजगारीको अभिवृद्धिलाई समेटेको छ ।
घोषणापत्रमा स्वदेशमा पूर्ण रोजगारीको अवसर नमिलेसम्म वैदेशिक रोजगार...