नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सुरुमै संविधानलाई ‘आधा गिलास भरी र आधा गिलास खाली’ भनेको आज आएर पुष्टि भएको बताएका छन् । आठौँ संविधान दिवसका अवसरमा सोमबार एक प्रेस वक्तव्य जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भनेका छन्, ‘हामीले शुरुमै यो संविधानलाई ‘आधा गिलास भरी र आधा गिलास खाली’ भनेको कुरा आज आएर अरु प्रष्ट भएको छ ।’ अध्यक्ष भट्टराईले संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समानुपातिक, समा