चितवन – सरकारले चितवनका भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । आज शुक्रवार चितवनको साविक इच्छाकामना गा.वि.स.७ र जुटपानी गा.वि.स. ९ का भूमिहीनहरूलाई सरकारले गाउँ ब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो ।
प्रमाणपत्र वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले लालपुर्जा नहुँदा राष्ट्रियताविहीन भएर बस्नुपरेको अवस्थालाई केन्द्रित गर्दै जग्गाधनी प्रमाणपत्र वितरण गरिएको बताउनुभयो । उहाँले जग्गाधनी प्रमाणपत्र नहुँदा उनीहरूले नागरिकतासमेत नपाएको र संविधानले दिएको अधिकारको...