डोल्पामा व्यावसायिक ओखर खेती : १८ हजार ओखरका बिरुवा रोपिदैं

वैशाख २७, डोल्पा  । यहाँ व्यावसायिक ओखर खेतीका लागि च्यान्दलर, फिन्क्वाइटलगायतका जातका १८ हजार बिरुवा खरीद गरि जहाजमा ढुवानी शुरु गरिएको छ ।             क्षेत्रिय कृषि निर्देशनालय सुर्खेतको ९१ लाख ६२ हजार रुपैया अनुदानबाट बिरुवा खरीद गरि सोमवारदेखि जहाजमा ढुवानी शुरु गरिएको हो ।सोमवारमात्रै समिट एयरको जहाजमा नेपालगञ्जबाट ९ हजार बिरुवा ढुवानी गरेर जुफाल विमानस्थल झारिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख शरद लामाले जानकारी दिए।             सम्पूर्ण बिरुवा ढुवानीको जिम्मा समिट एयरले लिएकाले बाँकी ९ हजार बिरुवा मंगलवार आइपुग्ने लामाको भनाइ छ । एउटा ओखरको बिरुवाको टर्कीबाट खरीद गरि समुन्द्रीमार्ग हुँदै डोल्पासम्म ल्याइ पुर्‍याउँदा १०९ रुपैयाँ परेको कृषि विकास कार्यालयले बताएको छ ।             जिल्लाका सम्पुर्ण ओखर पकेट र बल्गमा आवद्ध इच्छुक कृषक तथा समूहका लागि बिरुवा वितरणका लागि आइतवार नै सूचना जारी गरिएको कार्यालयको भनाइ छ । मंगलवारदेखि नै बिरुवा वितरण शुरु गरेर तल्लो डोल्पामा पर्ने मुड्केचुला र जगदुल्ला गाउँपालिका पठाइने कृषि कार्यालयले बताएको छ । रासस

सम्बन्धित सामग्री

व्यावसायिक सतुवा खेती किसानको रोजाइमा

भोजपुर, २९ भदौ । व्यावसायिक सतुवा खेती भोजपुरका किसानको रोजाइमा परेको छ । राम्रो आम्दानी हुने भएपछि बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानहरुको आकर्षण बढेको हो । यहाँका लेकाली भेगका अधिकांश किसानले यसको व्यावसायिक खेती थालेका छन् । सतुवा यार्सागुम्बा जस्तै शक्तिवद्र्धक हुने व्यवसायीहरुले बताउने गरेका छन् । यसलाई क्यान्सर, ग्यास्टिक, पेट दुख्ने, पोलेको, काटेको […]

तनहुँमा अंगुरको व्यावसायिक खेती

तनहुँको घिरिङ गाउँपालिका–४, बाह्रबिसेमा अंगुरको व्यावसायिक खेती सुरु गरिएको छ । करिब सत्तरी रोपनी क्षेत्रफलमा विभिन्न जातका अंगुरका बिरुवा ल्याएर खेती गरिएको हो । ०७८ मा घिरिङ भाइन यार्ड एन्ड एग्रो रिसर्च सेन्टर...

लोप हुँदै कोदो खेती,व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या कमी

तीन दशकअघि धनुषाको मुख्य खाद्यान्न बालीमध्ये एक कोदो (मरुवा) खेती अहिले लोप हुने अवस्थामा पुगेको छ । कोदो बालीलाई माडेर झार्ने भएकाले कतिपय स्थानमा मडुवा मात्रै भनेर पनि चिनिन्छ ।व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या कमी हुँदै गएपछि परम्परागत मुख्य खाद्यान्न बालीको रूपमा स्थापित कोदो खेती लोप हुने अवस्थामा पुगेको हो । तीन दशकअघि धनुषाको […]

घरको छतमा ड्रागन फलको व्यावसायिक खेती

बेदकोट– कञ्चनपुरको भीमदत्त नगरपालिका-४ का धनसिंह धामीले घरको छतमा ड्रागन फलको व्यावसायिक खेती गरेका छन् । तीन वर्ष अगाडिदेखि घरको छतमा ड्रागन फलको खेतीमा लागेका उनले अहिले फल बेचेर मनग्य आम्दानी गरिरहेका छन् । ‘तीन वर्ष अगाडि ड्रागन फलका बारेमा सुनेको थिएँ, मलाई पनि खेती गर्ने इच्छा जाग्यो, त्यसका लागि सुरुमा कौसीमै खेती गर्ने योजना […]

म्याग्दीमा बाँसको व्यावसायिक खेती

काठमाडौँ,२९ साउन । म्याग्दीमा बहुउपयोगी बाँसको व्यावसायिक खेती गर्नेक्रम बढ्दै गएको छ । समाजमा मर्दापर्दासमेत आवश्यकपर्ने बाँस नेपाली समाजको अभिन्न अङ्ग जस्तै बनेको छ । जिल्लामा फस्टाएको बाँसखेतीबाट किसानको आयआर्जन वृद्धि गरी जीवनस्तर उकास्नसमेत मद्दत गरेको छ । मानव जीवनको जन्मदेखि मृत्युसम्मका विभिन्न काममा आवश्यक पर्ने बाँसलाई पवित्र सामग्रीका रुपमा लिने गरिन्छ । बाँसबाट डोको, […]

बागलुङमा पनि ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु

गलकोटमा व्यावसायिक ड्रागन फ्रुट खेतीको सुरु भएको हो । यसैबीच बागलुङ बजार क्षेत्रमा पनि ड्रागन फ्रुटको व्यावसायिक खेतीको सुरु गरिएको छ । बागलुङ नगरपालिका–१ रामरेखाका विमलेश आचार्यले ठूलो क्षेत्रफलमा ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका छन् ।

एमालेको घोषणापत्र : व्यावसायिक खेती गर्न चाहनेलाई जमिन उपलब्ध गराउने

काठमाडौं । नेकपा एमालेले व्यावसायिक खेती गर्न चाहनेलाई भूमि बैंकमार्फत आवश्यक जमिन उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी शुक्रबार एमालले सार्वजनिक गरेको घोषणापत्रमा उक्त प्रतिवद्धता जनाइएको हो । ‘भूउपयोग नीतिलाई प्रभावकारी कार्यान्वयन गर्ने । कृषियोग्य जमिनको जथाभावी प्रयोगलाई नियन्त्रण गर्ने,’ घोषणापत्रमा भनिएको छ, ‘व्यावसायिक खेती […]

विदेशबाट फर्किएर गाउँमै व्यावसायिक खेती

म्याग्दी-जापानमा १० वर्ष बिताएका मंगलागाउँपालिका– २ तल्लो डडुवाका कृष्ण पौडेलले व्यावसायिक रुपमा कृषि तथा पशुपालन गरेका छन् ।परम्परागत शैलीको खेती र पशु पालनलाई विस्तापित गर्दै लगडाउनको समयमा उनले कृषि र पशुपालनलाई व्यावासायिक आम्दानीको स्रोतको रुपमा अघि बढाएका छन् । टिकेवी बहुउद्देश्यीय पशुपालन तथा कृषि फार्मबाट मकै र कोदो खेती रहेको बारीलाई विस्तापित गरेर उनले चार […]

पर्वतमा सतुवाको व्यावसायिक खेती सुरू

बहुमूल्य जडिबुटीको रुपमा चिनिने सतुवाको पर्वतमा व्यावसायिक खेती सुरू गरिएको छ ।जिल्लाको जलजला गाउँपालिका–६ शालिजा र ९ बनौमा यस वर्षदेखि व्यावसायिक रुपमा सतुवाको खेती थालिएको छ । उच्च पहाडी भेगमा पाइने सतुवा औषधिका रूपमा प्रयोग हुँदै आएको छ । यसको जरा अदुवाको जस्तै हुन्छ । विशेषगरी सतुवा पेट दुख्ने, पाकेको घाउ, वान्ता वा पखाला लागेका […]

धनकुटामा व्यावसायिक कफी खेती सुरू

धनकुटाको पाख्रिबास नगरपालिकामा व्यावसायिक कफी खेती थालिएको छ । पाख्रिबास नगरपालिकाले आफ्नो नगरपालिका भित्रका किसानलाई व्यावसायिक कफी कफीतर्फ आकर्षित गर्न व्यावसायिक कफी खेती नै सुरु गरेको छ । पाख्रिबास नगरपालिकाले गत वर्ष कृषि अभियान्ता तथा विज्ञ जीवनकुमार राईको नेतृत्वमा कफीको सम्भाव्यता अध्ययन गरेर यो वर्षबाट कफी खेती सुरु गरेको हो ।नगरपालिकाले यो बर्षबाट खेती बिस्तार […]