अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो, अमेरिकी डलरको अवस्था के त ?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबारका लागि अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढेको छ । मङ्गलबार अष्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९७ पैसा कायम भएकामा आज एकको खरिददर ८८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८९ […]

सम्बन्धित सामग्री

अमेरिकी डलर महँगो हुँदा नेपालको अर्थतन्त्रमा पर्न सक्ने तीन प्रतिकूल प्रभाव

नेपालको केन्द्रीय ब्याङ्कका अनुसार अमेरिकी डलरको तुलनामा अहिले नेपाली मुद्रा सबैभन्दा कमजोर अवस्थामा पुगेको छ। विभिन्न कारणले नेपाली मुद्राको अवमूल्यन हुँदा नेपालमा डलर हालसम्मकै बलियो भएको नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरू भनाइ छ।अर्थशास्त्रीहरूका अनुसार नेपाली मुद्रा कमजोर बन्दा नेपाललाई 'अनुकूलभन्दा प्रतिकूल प्रभाव' नै धेरै पर्ने देखिन्छ। यद्यपि त्यसका केही सकारात्मक प्रभाव पनि नेपाली अर्थतन्त्रमा पर्न सक्ने उनीहरूको भनाइ छ।मुद्रा अवमूल्यनको कारणनेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता गुणाकर भट्टका अनुसार रुस-युक्रेन युद्धका कारण निम्तिएको परिस्थिति नेपाली मुद्रा कमजोर बन्ने कारणमध्येको एक हो।त्यस्तै लगानीकर्ताहरू अमेरिकातर्फ आकर्षित हुनु र भारतीय मुद्रासँग नेपालको स्थिर विनिमय दर हुनु पनि कारण भएको उनको भनाइ छ।अर्थशास्त्री केशव आचार्यका अनुसार केही महिनाअघि अमेरिकी केन्द्रीय ब्याङ्कले ब्याजदर बढाएपछि धेरै लगानीकर्ता डलरतर्फ आकर्षित भएका छन्।'त्यसले गर्दा विश्वभरि शेअर बजारमा लगानी गरिरहेकाहरूले डलरमा लगानी गर्न थालेका छन्,' उनले भने।'भारतीय बजारमा लगानी गरिरहेकाहरू पनि अमेरिकी डलरमा आकर्षित भएकाले त्यहाँ भारतीय रुपैयाँको मूल्य पनि कम भएको छ।'उनी भारतीय मुद्रा कमजोर बन्ने बित्तिकै नेपाली मुद्रामा त्यसको प्रभाव परेको बताउँछन्।नेपाली मुद्राको अवस्थानेपाल राष्ट्र ब्याङ्कले शुक्रवार एक अमेरिकी डलरको खरिद दर १२४.०७ रुपैयाँ तोकेको छ।विक्रीदर भने १२४.६७ रुपैयाँ छ।ठिक एक महिनाअघि एक अमेरिकी डलरको खरिद दर १२२ रुपैयाँ १२ पैसा र विक्रीदर १२२ रुपैयाँ ७२ पैसा थियो।भारतको केन्द्रीय ब्याङ्कका अनुसार शुक्रवार एक डलरको विनिमय दर ७७ भारतीय रुपैयाँ ६९ पैसा तोकिएको छ।त्यहाँ ठिक एक महिनाअघि त्यस्तो दर ७६ रुपैयाँ ४१ पैसा मात्र थियो।विगत एक वर्षमा भारतीय रुपैयाँको ६ प्रतिशत अवमूल्यन भइसकेको बताइन्छ।राष्ट्र ब्याङ्कका अधिकारी र अर्थशास्त्रीका भनाइमा नेपाली मुद्राको अवमूल्यन हुँदा पर्न सक्ने तीन प्रतिकूल प्रभाव:१) व्यापार घाटा बढ्न सक्छनेपालको अर्थतन्त्र आयातमुखी भएकाले डलर महँगो हुँदा नेपालको व्यापारघाटा उच्च हुने सम्भावना रहने अर्थशास्त्रीको भनाइ छ।अर्थशास्त्री आचार्य भन्छन्, 'हामी कुल गार्हस्थ्य उत्पादनको करिब ४० प्रतिशत आयात गर्छौँ। भारतबाट हुने चोरी निकासीको हिसाब गर्दा त त्यो अझै धेरै हुन्छ।''डलर महँगो हुँदा हाम्रो व्यापार घाटा र शोधनान्तर घाटा बढ्न सक्छ।'राष्ट्र ब्याङ्कका प्रवक्ता भट्ट पनि डलर महँगो हुँदा व्यापार घाटा उच्च हुनेतर्फ ध्यान दिनुपर्ने अवस्था रहेको बतउँछन्।'अहिलेको परिस्थिति हेर्दा हामीले अझै केही समय केही वस्तुको आयात रोक्नुपर्ने जस्तो देखिन्छ,' उनले भने।२) विदेशी मुद्रा सञ्चितिमा कमीडलरको भाउ बढेको कारणले नेपालबाट विदेशिने मुद्रा धेरै हुन जाने र त्यसको प्रत्यक्ष प्रभाव विदेशी मुद्राको सञ्चितिमा पर्न सक्ने भट्टको भनाइ छ।'विदेशी मुद्रा सञ्चिति जोगाउन संवेदनशील हुनुपर्ने अवस्था छ,' उनी भन्छन्।आचार्यका अनुसार नेपालले कैयौँ वस्तु आयात गर्नेदेखि नेपाल विद्युत् प्राधिकरणले डलरमा विद्युत् खरिद सम्झौता गरेका कम्पनीलाई समेत डलर तिर्नुपर्ने हुन्छ।त्यस्तै विदेशी ऋणको भुक्तानी पनि डलरमा नै हुन्छ।'सबैतिरको भुक्तानी डलरमा हुँदा हाम्रो विदेशी विनिमयको भण्डारमा चाप पर्छ,' उनी भन्छन्।राष्ट्र ब्याङ्कका अनुसार हाल साढे छ महिनाको आयात धान्ने विदेशी मुद्रा नेपालमा रहेको छ।३) महँगी बढ्ने सम्भावनाआचार्यका भनाइमा डलर बलियो र नेपाली मुद्रा कमजोर बन्दा त्यसको प्रत्यक्ष मार उपभोक्तालाई पनि पर्न सक्छ।'यसले गर्दा उपभोक्ता त महँगीले भुतुक्कै हुने अवस्था आउने भयो,' उनी भन्छन्।'रुस-युक्रेन लडाइँले धेरै समस्या भइरहेका बेला डलरका कारण आम मूल्यवृद्धि हुने देखिन्छ।'नेपालमा खाद्यान्न र तेलजस्ता वस्तुहरू समेत डलर तिरेर आयात गर्नुपर्ने अवस्था रहेकाले त्यसको प्रभाव सबै क्षेत्रमा पर्न सक्ने उनको भनाइ छ।सकारात्मक प्रभावडलरको भाउ बढ्दा विशेषगरी निर्यातमूलक क्षेत्रलाई सकारात्मक प्रभाव पर्न सक्ने पनि अर्थशास्त्रीको भनाइ छ।तर नेपालमा स्वदेशी कच्चा पदार्थबाट उत्पादन हुने निर्यातमूलक वस्तु कम भएकाले कच्चा पदार्थ डलरमै किन्नुपर्ने अवस्था रहेको आचार्य बताउँछन्।त्यसको प्रभावले नेपालबाट निर्यात गरिने वस्तु बढ्ने उनको अनुमान छ।'डलर बलियो हुँदा हाम्रा जस्ता देशले गरेको उत्पादन सस्तो पर्थ्यो तर हामीले त्यो गर्न सक्ने अवस्था पनि देखिँदैन,' उनले भने।त्यस्तै विदेशबाट नेपालमा विप्रेषण पठाउनेहरूलाई सटहीदर बढी हुँदा नेपालमा पाउने रकममा केही फाइदा पुग्ने र पर्यटन क्षेत्रमा केही सुधार हुन सक्ने अपेक्षा पनि कतिपय अर्थशास्त्रीको छ। -बिबिसीबाट

४ दिनदेखि निरन्तर घटिरहेको सुनको भाउ कतिसम्म झर्ला ?

पछिल्ला ४ दिन सुनको भाउ निरन्तर घटिरहेको छ । बिहिबारदेखि घट्न थालेको सुनको भाउ आज सोमबारसम्म आईपुग्दा पनि घटिरहेको छ । बिहिबार तोलामा एकैदिन ९ सयले घटेको सुनको भाउ शुक्रबार पनि तोलामा ९ सयले नै घट्यो । त्यसपछि आईतबार र सोमबार पनि सुनको भाउ तोलामा ४÷४ सयले घटेको छ । यसरी पछिल्ला ४ दिनमा सुनको भाउ तोलामा २६ सयले घटिसकेको छ । आज सोमबार छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा आईपुगेको छ । तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार ३ सय छ । किन घटिरहेको छ भाउ ? नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियशरत्न शाक्य अहिले सुनको भाउ घट्नुमा खासै ठोस कारण नरहेको बताउँछन् । उनका अनुसार शक्ति राष्ट्रबीचको राजनीतिक टकराव पूरानै अवस्थामा रहेकाले अहिले सुनको भाउ घट्नुको पछाडी कुनै ठोस कारण नदेखिएको हो ।तर, अमेरिकी डलर बलियो हुँदै गएकाले स–साना लगानीकर्ताले सुन बिक्रि गरिरहेकाले भाउ घटेको हुन सक्ने उनको अनुमान छ । ‘डलर स्ट्रोङ हुँदा साना लगानीकर्ताले आफूसँग भएको सुन सेल गर्छन् (बेच्छन्), डलर स्ट्रोङ छ अहिले’ शाक्य भन्छन्, ‘डलरको भाउ बढिरहेकाले सुनको भाउ घटेको हो ।’ सँगै, अमेरिकामा केही समय अघि देखिएको बेरोजगार दर पनि क्रमशः घटिरहेको छ । यसले पनि सुनको भाउ घट्नुमा थोरै प्रभाव पारेको हुन सक्ने अनुमान छ ।यसअघिःट्रम्पका कारण विश्वभर महँगिदै सुन, नेपालमा कतिसम्म पुग्ला भाउ ?अर्कोतर्फ, सन् २०२२ सुरु हुनासाथ अमेरिका लगायतका देशका बैंकहरुले ब्याजदर बढाउने अनुमान गरिएकोमा अनुमानलाई गलत सावित गर्दै बैंकहरुले ब्याजदर बढाएनन् । ब्याजदर नबढाउन त्यहाँको केन्द्रीय बैंकले पनि भूमीका खेल्यो । जसका कारण पनि सुन क्रमशः सस्तो हुँदै आएको अनुमान हुन थालेको छ ।कतिसम्म झर्ला सुनको भाउ ?अहिले सुनको भाउ नेपालीको क्रय शक्तिभन्दा बाहिर छ । नेपालीहरुको औसत आम्दानीको तुलनामा सुनको भाउ निकै महँगो छ । ४ दिनदेखि सुनको भाउ घटिरहेका कारण नेपालीहरु सुनको भाउ निकै तल आउने आशामा देखिएका छन् । तर, भाउ घट्नुको कुनै ठोस कारण नभएकाले सुनको भाउ तोलाको ९० हजारभन्दा तल झर्ने सम्भावना नरहेको महासंघका उपाध्यक्ष शाक्य बताउँछन् । अहिले अन्तराष्ट्रिय बजारमा देखिएको अवस्था कम्तीमा यो हप्तासम्म कायम रहे सुनको भाउ तोलाको ९० हजारसम्म झर्न सक्ने तर, अहिले नै त्यहाँभन्दा तल आउने सम्भावना अत्यन्त कम रहेको उनको भनाई छ ।

डलरको भाउ स्थीर, अरुको के छ अवस्था ? (सूचीसहित)

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ १२ पैसा र बिक्रीदर १२० रुपैयाँ ७२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४० रुपैयाँ १९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ […]

डलरको भाउ नेपाली रुपैयाँ ११६ मा झर्यो, अन्य देशको अवस्था के छ ?

नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलरको भाउ नेपाली रुपैयाँमा अधिकतम ११६ रुपैयाँमा झरेको छ । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर  ११६ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर ११७ रुपैयाँ २० पैसा रहेको छ ।यस्तै आज युरोपियन युरो एकको खरिद दर १३८ रुपैयाँ २० पैसा र बिक्री दर १३८ रुपैयाँ ९१ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ८० पैसा र बिक्री दर १६१ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।यस्तै स्वीस फ्रेङ्क आज एकको ख

डलरको भाउ घट्यो, अरु देशको मुद्राको आज के छ अवस्था ?

शुक्रबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलरको भाउ केहीँ घट्न पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर नेपाली ११८ रुपैयाँ ८४ पैसा र विक्रीदर ११९ रुपैयाँ ४४ पैसामा झरेको हो । यस्तै, यूरोपियन यूरो आज एकको खरिददर १४० रुपैयाँ १४ पैसा र विक्रीदर १४० रुपैयाँ ८४ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ५५ पैसा र विक्रीदर १६४ रुपैयाँ ३७ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ ४६ पैसा र विक्रीदर १३० रुपैयाँ ११ पैसा रहेको छ ।यस्तै, अष्ट

खस्कियो डलरको भाउ, अन्य देशको के छ अवस्था ?

बुधबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलरको भाउ सामान्य रुपमा खस्किएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत सोमबार अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ०२ पैसा र विक्रीदर ११९ रुपैयाँ ६२ पैसा रहेकोमा बुधबार १२ पैसाले घट्दै खरिददर ११८ रुपैयाँ ९० र विक्रीदर ११९ रुपैयाँ ५० पैसामा झरेको हो । यस्तै, आज युरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ८० पैसा र विक्रीदर १४१ रुपैयाँ ५१ पैसामा झरेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ७४ पैसा र विक्रीदर १६५ रुपैयाँ ५७ पैसामा झरेको छ भने स

डलरको भाउ अकाशियो, अरु देशको मुद्राको के छ अवस्था ?

केहीँ दिन यता क्रमिक रुपमा बढ्दै गएको डलरको भाउ शुक्रबार अधिकतम ११८ रुपैयाँ माथि पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज विदेशी मुद्राको नेपाली विनिमयदर अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ २३ पैसा पुगेको छ भने बिक्रीदर ११८ रुपैयाँ ८३ पैसा रहेको छ ।यस्तै यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ३० पैसा र बिक्रीदर १४२ ...