एभरेस्ट अस्पताललाई काठमाडौं महानगरको कारबाही, फोहोर उठाउन छाड्यो

जोखिमयुक्त र संक्रमणजन्य फोहोर पनि निर्मलीकरण नगरेको पाइएपछि काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेस्ट अस्पतालको फोहोर उठाउन बन्द गरेको छ ।  काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परिवार नेतृत्वको टोलीले बुधबार स्वास्थ्य...

सम्बन्धित सामग्री

५ दिनपछि उठाइएको पोखराको फोहोर कहाँ फालियो ?

१४ साउन, पोखरा । स्थानीयको अवरोधका कारण ५ दिनदेखि नउठेको पोखरा महानगरको फोहोरमैला आइतबारदेखि उठाउन थालिएको छ । शनिबार राति परेको भारी वर्षाले फोहोर सडकभरि छरपष्ट बनाएको थियो । सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि आइतबार बिहानैदेखि डोजरको सहयोगमा मुख्य बजार क्षेत्रका फोहोर उठाइएको छ । तर, ल्यान्डफिल साइट क्षेत्रका स्थानीयको अवरोध जारी रहेकाले संकलित फोहोर […]

पोखराको फोहोर आइतबारदेखि उठाइन्छ : प्रवक्ता तिम्सिना

१३ साउन, पोखरा । स्थानीयको अवरोधका कारण ४ दिनदेखि उठाउन रोकिएको पोखरा महानगरको फोहोर आइतबारदेखि उठ्ने महानगरले जनाएको छ । महानगरले शनिबार एक भिडियो विज्ञप्ति जारी गरी सकेसम्म शनिबार साँझ, नभए आइतबारबाट फोहोर उठाउने जानकारी दिएका हुन् । ‘स्थानीयसँग हाम्रो छलफल भइरहेको छ । उहाँहरुका २, ३ वटा इस्यु छन् । ती विषयलाई गम्भीर रुपमा […]

कर नतिरेपछि विराटनगर विमानस्थलको फोहोर उठाउन बन्द

विराटनगर । विराटनगर महा–नगरपालिकाले विराटनगर विमानस्थलको फोहोर उठाउन छाडेको छ । बारम्बार ताकेता गर्दा पनि विमानस्थलले तिर्नुपर्ने कर नबुझाएपछि बुधवारबाट विमानस्थलको फोहोर उठाउन छाडेको महानगरले जानकारी दिएको छ । विराटनगर महानगरपालिकाका अनुसार विमानस्थलले १ करोड रुपैयाँभन्दा बढी कर तिर्न बाँकी छ । सम्पत्तिकर र बहालकर नतिरेपछि विमानस्थलको फोहोर उठाउन बन्द गरेको महानगरको भनाइ छ । महानगरले सम्पत्तिकर र बहाल कर तिर्नुका साथै निर्माणाधीन टर्मिनल भवनको नक्सा पास गर्न आग्रह गरेको थियो ।  विराटनगर विमानस्थलले हालको टर्मिनलभित्र चमेना गृह, पार्किङ, एयरलाइन्सलाई काउन्टर भाडामा लगाउने गरेको छ । त्यसका अलावा विमानस्थलभित्रको चार बिगाहा जमीन पनि कृषि प्रयोजनका लागि भाडामा लगाइएको छ । विमानस्थलबाहिर ५० भन्दा बढी सटर भाडामा लगाइएको छ । त्यसबापत महानगरलाई तिर्नुपर्ने कर बुझाउन बाँकी छ ।  विराटनगर महानगरपालिकाका अनुसार विमानस्थलले विभिन्न शीर्षकको १ करोड रुपैयाँभन्दा बढी कर तिर्न बाँकी छ । विमानस्थल प्रशासनले कर नतिरेपछि फोहोर नउठाउने निर्णय गरेको महानगरका मेयर नागेश कोइरालाले बताए । ‘हामीले पटकपटक आग्रह गर्दा विमानस्थल प्रशासनले कर तिरेन, नतिरेपछि करको दायरामा ल्याउन असहयोग (फोहोर नउठाउने) गर्ने निर्णयमा पुग्यौं,’ उनले भने, ‘फोहोर व्यवस्थापन गर्नेलाई महानगरले शुल्क तिर्छ, कर नतिरेपछि फोहोर नउठाउने निर्णयमा पुग्यौं ।’ महानगरपालिकाले संकलन गर्ने करले कर्मचारीको तलब मात्र पुग्छ । महानगरवासीलाई दिइने सुविधा र विकासका लागि खर्च नपुगेपछि महानगरले कर संकलनमा कडाइ गर्दै आएको छ ।  महानगरलाई कर नतिरेको विषयमा विमानस्थल प्रमुख रिञ्जी शेर्पाले कुनै प्रतिक्रिया दिएनन् । उनी सकेसम्म सञ्चारकर्मीको फोन नै उठाउँदैनन्, उठाइहाले पनि करको विषयमा बोल्न चाहँदैनन् ।  विमानस्थललगायत धेरै संस्थानले एक पैसा कर नतिरेको महानगरको भनाइ छ । कर नतिर्ने संस्थालाई करको दायरामा ल्याउन विभिन्न प्रक्रिया अपनाएको महानगरको राजस्व महाशाखा प्रमुख सरोज गौतमले बताए । आफूहरूले आग्रह गर्दा विमानस्थल प्रशासनले नटेरेको र विमानस्थलको सम्पत्ति मूल्यांकन गरी कर निर्धारण गर्ने पनि गौतमले जानकारी दिए ।  विमानस्थलमा २ अर्ब ४२ करोड लागतमा १६ हजार २७७ वर्गमीटरको टर्मिनल भवन निर्माणाधीन छ । विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्ष (आव) मा १ अर्ब ६४ लाख रुपैयाँ आन्तरिक आम्दानी हुने अनुमान गरेको थियो । जेठ मसान्तसम्ममा ५१ करोड ६५ लाख रुपैयाँ मात्रै आम्दानी भएको छ । गतवर्ष महानगरको आन्तरिक आम्दानी ४९ करोड ६४ लाख रुपैयाँ थियो । चालू आव कर संकलनका लागि महानगरले अभियान सञ्चालन गरेको थियो । कैयौं ठूला करदातालाई करको दायरामा ल्याएको थियो । कर नतिर्ने व्यक्ति तथा फर्मलाई करको दायरामा ल्याउन बजार क्षेत्रका १० ओटा वडामा २० जना स्वयंसेवक परिचालन गरेको थियो । अनलाइनबाट कर संकलनको थालनी पनि गरेको थियो । गौतमका अनुसार नेपाल टेलिकमको क्षेत्रीय कार्यालयले पनि कर बुझाएको छैन । जिल्लास्थित कार्यालयले भने नियमित राजस्व बुझाइरहेका छन् । नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रले ३ करोड रुपैयाँभन्दा बढी कर बुझाउन बाँकी छ । खानेपानी संस्थानले १ करोड, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ६५ लाख, कृषि सामग्री कम्पनीले ६४ लाख, नेपाल व्यापार कम्पनीले करीब १ करोड राजस्व बुझाउन बाँकी रहेको महानगरले बताएको छ । यी संस्थानले स्थापनायता सम्पत्ति र बहालकर बुझाएका छैनन् ।

किन उठाउन बन्द भयाे शितल निवास, सिंहदरबार र मन्त्री निवासको फोहोर ?

काठमाडों । काठमाडौं महानगरपालिकाले शितल निवास, सिंहदरबार र मन्त्री निवासको फोहोर आइतबारदेखि उठाउन बन्द गरेको छ । महानगरको काममा सरकारबाट असहयोग भएको भन्दै मेयर बालेन्द्र साह (बालेन)ले शुक्रबार फोहोर नउठाउने घोषणा गरेपछि आइतबारदेखि फोहोर उठाउन बन्द गरिएकाे हाे । सामाजिक सञ्जालमार्फत गरिएको घोषणालाई आधार मानेर सिंहदरबारको फोहोर महानगरले नउठाएको हो । केही दिन अघिदेखि नदी […]

पोखरा महानगरको प्रतिवेदन : मणिपालले १० करोड कर तिर्न बाँकी

२ चैत, पोखरा । पोखरा महानगरपालिकाले मणिपाल शिक्षण अस्पतालसँग १० करोड रुपैयाँ भन्दा बढी कर उठाउन बाँकी रहेको ठहर गरेको छ । मणिपालले तिर्न बाँकी बक्यौता अन्योल भएपछि महानगरले राजश्व परामर्श समिति सदस्यसमेत रहेका पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । माघमा गठन भएको उक्त समितिले महानगरलाई मणिपालले १० […]

काठमाण्डौको फोहोर भोलिदेखि उठ्ने, पायक पर्ने ठाउँमा लगेर राख्न महानगरको अनुरोध

काठमाण्डाै – केही दिनदेखि रोकिएको फोहोर काठमाण्डौ महानगरपालिकाले भोलिदेखि उठाउने भएको छ । महानगरपालिकाले आज एक सूचना निकालेर भोलि बिहान ६ बजेदेखि फोहोर उठाउन सुरु गरिने भएकाले पायक पर्ने ठाउँमा फोहोर संकलन गरेर राख्न अनुरोध गरेको छ । बञ्चरेडाँडासम्म फोहोर लैजाने  सडक निर्माणको काम आजसम्ममा सकिने भएकाले भोलिदेखि फोहोर उठाउन सुरु गरिने महानगरपालिकाले जनाएको छ । केही दिनअघि महानगरले एक हप्तासम्म फोहोर नउठ्ने जानकारी गराएको थियो । आफ्नो घरभित्र फोहोरको अल्पकालीन व्यवस्थापन गरी चोक, स...

विवादमा ललितपुरको मेट्रिक ठेगाना प्रणाली, चर्को शुल्कको विरोध

६ साउन, काठमाडौं ।  ललितपुर महानगरपालिकाको मेट्रिक ठेगाना प्रणाली विवादमा परेको छ ।  ललितपुर महानगरपालिकाले मेट्रिक प्रणालीमा आधारित घर नम्बर राखेबापत १ हजार रुपैयाँ शुल्क उठाउन थालेपछि सामाजिक सञ्जालमा महानगरको निर्णयको विरोत्र भएकहो हाे । वडा नम्बर ३ मा गत वर्ष नै घर नम्बर जडान गरेको महानगरले सबै वडामा एकसाथ प्लेट जडानको काम गरिरहेको छ […]

उठ्न थाल्यो काठमाडौं महानगरको फोहोर

काठमाडौं : महानगरको फोहोर उठाउन थालिएको छ। महानगरपालिकाले मंगलबार बिहान ८ बजेदेखि फोहोर उठाउन थालेको हो।सोमबार आन्दोलनरत स्थानीयबासी, नेपाल सरकार सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच ११ बुँदे सहमित भएपछि फोहोर उठाउन थालिएको हो।

वीरगञ्ज महानगर : कांग्रेसमा आफ्नै उम्मेदवार उठाउन दबाव

९ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरको प्रमुखमा जनता समाजवादी पार्टी (जसपा)लाई समर्थन गरेर उपमेयरमा मात्र उम्मेदवारी दिने केन्द्रको निर्णयप्रति नेपाली कांग्रेस, पर्साका नेताहरुले असन्तुष्टि जनाएका छन् । केन्द्रीय नेताहरुकै उपस्थितिमा बसेको जिल्ला कमिटीको बैठकले वीरगञ्जको मेयर नछाड्ने निर्णय गरेको थिए । गठबन्धनमा सहमति जुट्न नसकेपछि जिल्लाभर नै तालमेल नगर्ने निर्णय समेत गरेको थियो । तर […]

कर उठाउन पञ्चैबाजा अभियान, एक हप्ता पर्खेर फेरि बाजा बजाउने तयारी

काठमाण्डाै - काठमाण्डौ महानगरपालिकाले कर नतिर्ने ठूला करदाताको घरघरमा गएर दबाब दिन पञ्चैबाजा अभियान सुरु गरेको छ । घरजग्गा, सम्पत्तिलगायत व्यावसायिक कर नतिर्ने र अटेर गर्ने ठूला करदातालाई दबाब दिन महानगरको टोली बाजागाजासहित घरघरमा पुग्न थालेको हो । पहिलो चरणमा महानगरले हिजो न्युरोड, नयाँ बजार, सोल्टीमोडलगायतका ठाउँमा पञ्चैबाजासहित करदाताको घरदैलो अभियान सुरु गरेको हो । अब केही दिन पर्खने र त्यसपछि पनि कर तिर्नेको सङ्ख्या नबढेमा अरु ठाउँमा पञ्चैबाजा बजाउने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले आउ...