काठमाडौं : ललितपुरको कोञ्ज्योसोम गाउँपालिका –४ नल्लुमा एकै घरका ५ जना मृत फेला परेका छन् । ४ जनाको घटनास्थलमै र थप एकजनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको वडा अध्यक्ष तीर्थ लामाले जानकारी दिए। घटनामा स्थानीय काइली स्याङ्तान, शुषमा स्याङतान, आषिश स्याङतान, आशमा स्याङतान् र दुई दिने शिशुको मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी परिसर जावलाखेलका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिए। मृतकको शव पोष्टमार्टमका लागि काठमाडौंको शिक्षण अस्पताल पठाउने तयारी भइरह