सालकको उद्धार गरिँदै

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका—५ स्थित अस्वस्थ्य अवस्थामा रहेको संरक्षित दुर्लभ वन्यजन्तु इन्डियन पेङ्गोलिन सालक दोभान सव डिभिजन वन कार्यालयले उद्धार गर्दै । तस्बिर : दिलकुमार लिम्बु/रासस

सम्बन्धित सामग्री

चंखेलीका घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरिँदै

अविरल वर्षाले घर भत्किँदा सख्त घाइते भएका चंखेली गाउँपालिका–६ मेल्छामका तीन घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिने भएको छ। नेपाली सेनाको हेलिकोप्टर उद्धारका लागि कालिकोटमा अवतरण गरेको छ। मेल्छामबाट तीन घाइते...

मनास्लुको हिमपहिरोमा फसेका आरोहीलाई हेलिकप्टरबाट उद्धार गरिँदै

काठमाडौं। मनास्लुको हिमपहिरोमा फसेका आरोहीलाई हेलिकप्टरबाट उद्धार गरिँदैछ । काँग्रेसको संस्थापनइतर समुहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ । निर्वाचन आचारसंहिता असोज १२ देखि लागु गर्ने निर्वाचन आयोगले तयारी गर्दैछ । पूर्वी नाकामा भारतीय गाडीलाई एक वर्षदेखि रोकिएको ‘सुविधा पास’ आजदेखि खुला गरिएको छ । पकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना हुँदा ६ जना सैनिकको मृत्यु भएको छ ।

दार्चुला बाढी–पहिरोः घाइतेहरुलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिँदै

धनगढी – दार्चुलामा बाढी र पहिरोमा फसेका घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरिरहेको छ। बाढी–पहिरोमा परेर अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ। अझै केही बेपत्ता रहेका छन्। गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि सेनाको हेलिकोप्टर बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट घटनास्थल पुगेको हेलिकोप्टरले उद्धार गरिरहेको छ। अहिले घाइतेलाई उद्धार गरेर उपचारका लागि […]

वाग्मती पुलबाट हाम फालेकी महिलाको उद्धार

काठमाडौँ । ललितपुर र काठमाडौँको सीमा थापाथलीस्थित वाग्मती पुलबाट हाम फालेकी महिलाको जीवितै उद्धार गरिएको छ । ती महिलालाई पानीबाटै जीवितै उद्धार गरी उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएको थियो । उनको उद्धारपछि ट्रमा सेन्टरमा उपचार गरिँदै । उनका अनुसार एक महिलाले शनिबार अपराह्न हाम फालेको र उनलाई स्थानीय र प्रहरीको सहयोगमा केहीबेरमै प्रहरीले उद्धार गरी […]

खेवाङ पहिरोका घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरिँदै

ताप्लेजुङको सिरिजङगा गाउँपालिका वडा नं ७ खेवाङको तेम्फुमा गएको पहिरोमा परी सख्त घाइते भएका बिष्णु अधिकारीलाई हेलिकोप्टरमार्फत उद्धार गरी उपचारको प्रवन्ध गरिने भएको छ।...

सुत्केरीको उद्धार

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका – ३ कोल्वाकी १८ बर्षीया सुत्केरी मेलिना राईलाई स्वास्थ्यमा जटिल समस्या देखिएपछि बिहीबार स्टेचरमा बोकेर हेलिप्याड सम्म लैजादैँ नेपाली सेना । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको नि:शुल्क हवाई उद्धार गरिँदै आएको छ ।

सुदूरपश्चिममा बाढी र पहिरोमा फसेकाहरूको उद्धार हेलिकोप्टरबाट गरिँदै

काठमाडौः लगातार परेको भारी वर्षातका कारण सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा आएको बाढी र पहिरोमा परेकाहरूको उद्धार नेपाली सेनाको हेलिकोप्टरबाट गरिँदै छ। गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरूको उद्धारका लागि हेलिकोप्टर उडेको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव हुमकला पाण्डेले जानकारी दिइन्। वर्षातका कारण सुदूरपश्चिमका डोटी…

सेनाको हेलिकप्टर मनाङमा, बाढीकाे जोखिममा रहेकाहरूको उद्धार गरिँदै

काठमाण्डाै – बाढीबाट प्रभावित मनाङमा पुगेको सेनाको हेलिकोप्टरले जोखिममा रहेकाहरूको उद्धार गर्न थालेको छ । बिहीवार बिहान काठमाण्डौदेखि गएको एउटा हेलिकप्टरमार्फत उद्धार थालिएकाे मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । बिहान ताल गाउँका २४ जनाको उद्धार गरिएको छ । बाढी आएपछि ढिस्कोमा बस्दै आएका उनीहरूको उद्धार गरिएको हो । उनीहरूलाई अहिले सुरक्षित ठाउँमा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले बताउनुभयो । सेनाकाे हेलिकप्टरमार्फत अन्य जोखिमयुक्त ठाउँ...

निषेधाज्ञाको समयमा सुत्केरीको उद्धार

जेसिआई व्यास नगरद्वारा सञ्चालित निःशुल्क एम्बुलेन्सबाट जिल्लाको ऋषिङ गाउँपालिका–१ कोइदिम निवासी तीन दिनको सुत्केरी मनीषा बरालीलाई मङ्गलबार उद्धार गरी घरसम्म लैजाने तयारी गरिँदै । जेसिआई व्यास नगरले लकडाउन अवधिभर व्यास नगर आसपास क्षेत्रका सुत्केरी, गर्भवती, अशक्त, वृद्धवृद्धाहरुमा उद्धार गरी सम्बन्धित अस्पताल या घरसम्म पुर्‍याउने अभियान अन्तरगत ६ जनाको उद्धार गरिसकेको जनाएको छ । तस्वीर : सानेबहादुर नेपाली/रासस