हिमाली जिल्ला मुगुका चारै स्थानीय तहसँगै सदरमुकाम गमगढी बजारमा यति बेला सलह कीराको प्रवेशले छ्यापछ्याप्ति भएका छन् ।
सलह कीरा पुनः मुगुमा प्रवेश गरेको छ । पाकिस्तानबाट भारत हुँदै नेपाल प्रवेश गरेको सलह कीरा अहिले हिमाली जिल्ला मुगुमा फैलिएका छन् ।
कर्णालीका प्रदेशको दैलेख, रुकुमपश्चिम, सल्यान, जाजरकोट हुँदै छिमेकी जिल्ला जुम्ला हुँदै आएको सलहको झुण्डो हिजो–आज जिल्लाको छायानाथ रारा नगरपालिका–१० का पापु, रोवालगायत सदरमुकाम गमगढी बजारमा देखिएको छायानाथ रारा नगरपालिका–१० का स्थानीय कृषक कर्णबहादुर भामले जानकारी दिए ।