नेपालमा पछिल्लो समय विनादर्ता सञ्चालन हुने अनलाइन तथा युटुबले गलत समाचार सम्प्रेषण गर्नेक्रम बढेकाले नियमन गर्न आवश्यक रहेको सरोकारवालाले बताएका छन् । सोलुखुम्बुमा सम्पन्न पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाइसम्बन्धी एकदिने कार्यक्रममा बोल्ने वक्ताले यस्तो बताएका हुन् । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समयमा विनादर्ता सञ्चालन हने युटुब र अनलाइनका कारण समस्या […]