काठमाण्डौ – साउदी जानुअघि कोरोना विरुद्धको खोप लगाए नलगाएको बारे अनिवार्य अनलाइन दर्ता गर्नुपर्ने भएको छ ।
साउदीको सरकारी निकायले विदेशी नागरिक सबैले खोप लगाए नलगाएको बारे प्रस्थान पूर्व नै अनलाइनमार्फत दर्ता गर्नुपर्ने जनाएको छ ।
प्रस्थान पूर्व नै अनलाइनमार्फत दर्ता गर्दा अध्यागमन प्रक्रिया पनि सहज हुने र साउदी प्रवेश गर्दा यात्रुले गर्नु पर्ने प्रक्रियाका लागि पनि धेरै समय कुर्न पर्ने छैन ।
अनलाइनमार्फत खोपको अवस्थाबारे खाडी राष्ट्रका नागरिकहरू, नयाँ भिसा लिएर जाने विदेशी नागरिक, बसोबासको भिसा भएका...