नेकपा माओवादी केन्द्रको प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ । गण्डकी प्रदेशमा अधिवेशनको सबै तयारी सकिएको माओवादीले जनाएको छ । अधिवेशनबाट प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष तथा सचिव, सहसचिव र कोषाध्यक्ष एक/एक जना गरी सात सदस्यीय पदाधिकारीसहित २२९ सदस्यीय प्रदेश समिति निर्वाचित हुनेछन् ।प्रदेशको प्रथम अधिवेशन विचार निर्माण र संठनात्मक काममा केन्द्रित हुने इन्चार्ज हितराज पाण्डेले बताए । माओवादीको गण्डकी प्रदेश समितिमा कम्तिमा ३५ प्रतिशत महिला र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर