पहिचानवादीको विराटनगर केन्द्रित आन्दोलन स्थगित

विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा आजबाट विराटनगर केन्द्रित गर्ने भनिएको आन्दोलनको कार्यक्रम स्थगित भएको छ । रणनीति नपुगेको भन्दै आन्दोलको कार्यक्रम केही दिनलाई स्थगित गरेको किरात राई यायोख्खाका उपमहासचिव अर्जुन जम्नेली राईले बताए । आजबाट मुख्यमन्त्री कार्यालय र प्रदेशसभा घेराउ गर्ने आन्दोलनका कार्यक्रम तय भएको थियो । पहिचानको आधारमा प्रदेशको पुन: नामकरण हुनुपर्ने माग […]

सम्बन्धित सामग्री

काममा फर्किए वीपीका आन्दोलित कर्मचारी

विराटनगर- एक महिनादेखि आन्दोलित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक कर्मचारी काममा फर्किएका छन् । रोकिएको बढुवा प्रक्रियाको अन्तर्वार्ता ६ फागुनबाट सञ्चालन गर्न कामु उपकुलपति प्रह्लाद कार्की सहमत भएपछि शिक्षक कर्मचारी आन्दोलन स्थगित गरेर काममा फर्किएका हुन् । शुक्रबारको प्रतिष्ठानको कार्यकारिणी समिति बैठकले ६ म...

काममा फर्किए वीपीका आन्दोलित कर्मचारी

विराटनगर- एक महिनादेखि आन्दोलित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक कर्मचारी काममा फर्किएका छन् । रोकिएको बढुवा प्रक्रियाको अन्तर्वार्ता ६ फागुनबाट सञ्चालन गर्न कामु उपकुलपति प्रह्लाद कार्की सहमत भएपछि शिक्षक कर्मचारी आन्दोलन स्थगित गरेर काममा फर्किएका हुन् । शुक्रबारको प्रतिष्ठानको कार्यकारिणी समिति बैठकले ६ म...

ब्याजदरविरोधी आन्दोलन स्थगित

विराटनगर । बैंक, वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध मोरङ व्यापार संघको अगुवाइमा जारी काठमाडौं केन्द्रित आन्दोलन स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आश्वासनपछि आन्दोलन स्थगित गरिएको हो । संघले शनिवार संघीय राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको थियो । त्यसअघि व्यवसायीले विराटनगर केन्द्रित आन्दोलन गर्दै आएका थिए । मंगलवार प्रधानमन्त्री दाहाललाई भेटेर आफ्ना माग बुझाएको र उहाँले सबै समस्याको समाधान गर्ने आश्वासन दिनुभएको संघले बताएको छ । उद्योगी व्यवसायीले उठाएका माग र भोग्नुपरेका समस्यामा प्रधानमन्त्रीले नै बुँदागत सम्बोधन गरेपछि उद्योगी उत्साहित बनेका थिए । उनीहरूले प्रधानमन्त्रीसँगको भेटपछि आन्दोलन स्थगित भएको घोषणा गरे ।   संघका अध्यक्ष तथा बैंक, वित्तीय समस्या संघर्ष समितिका संयोजक नवीन रिजालले अहिलेको समस्यालाई सरकारले गम्भीरताका साथ लिएको र समाधानको पहल गर्ने आश्वासन प्रधानमन्त्रीबाट आएपछि आन्दोलन स्थगित गरिएको बताए । आइतवार माइतीघर मण्डलामा प्रदर्शन र कोणसभा गरेका उद्योगी व्यवसायीले सोमवार राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारअगाडि धर्ना दिएका थिए । व्यवसायीले बैंकको ब्याजदर एक अंकमा आउनुपर्ने, उद्योग र व्यापारको ब्याजदरमा २ प्रतिशतको फरक हुनुपर्ने, आधारदरमा प्रिमियम बढीमा २ प्रतिशत मात्र थप हुनुपर्ने, चालू पूँजी कर्जा मार्गदर्शन खारेज गरी व्यावहारिक  बनाइनुपर्ने माग अघि सारेका छन् । त्यसैगरी उनीहरूले वित्तीय सेवा शुल्क कम गर्नुपर्ने, हालको असहज अवस्थाका कारण कर्जाको पुनर्संरचना र पुनर्तालीकीकरण गर्न पाउनुपर्ने, स्प्रेडदर बढीमा २ प्रतिशत र आधारदर गणना तरिका सार्वजनिक गरिनुपर्नेलगायत माग राखी आन्दोलन अघि बढाएका थिए । ‘वित्तीय क्षेत्रमा देखिएको समस्या र हाम्रा मागबारे प्रधानमन्त्री आफै जानकार हुनुहँुदो रहेछ । उहाँले ती विषयलाई गम्भीरतापूर्वक लिएर ब्याजदर घटाउन सरकारले पहल गर्ने आश्वासन दिनुभएपछि हामीले आन्दोलन स्थगित गरेका हौं,’ रिजालले भने, ‘केही समयपछि नै यसबारे सकारात्मक नतिजा आउनेछ ।’ संघले उठाएका मागलाई उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ जस्ता संघसंस्थाले समर्थन गरेका थिए । आन्दोलनरत पक्षको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, संघर्ष समितिका संयोजक रिजाल तथा दिलसुन्दर श्रेष्ठ, प्रकाश मुन्दडा र पिताम्बर जोशीको टोलीले प्रधानमन्त्री दाहालसँग छलफल गरेको थियो ।

मोरङका उद्योगी व्यवसायीले रोके आन्दोलन

विराटनगर : विराटनगरका उद्योगी व्यवसायीले आन्दोलन स्थगित गरेका छन्। नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्ताका लागि बोलाएपछि मोरङका उद्योगी  व्यवसायीले आन्दोलन स्थगित गरेका हुन्।अर्थमन्त्री  पौडेलले सोमबार नै उद्योगी व्यावसायीलाई वार्तामा बोलाएपछि आन्दोलन स्थगित भएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए। सरकारले माग सम्बोधन गर्ने आश देखाएको उनले बताए। माग सम्बोधन नभए पुनः सडक संघर्षमा फर्किने उनको भनाइ छ। अर्थमन्त्रीसँगको वार्ताका लागि आजै टोली

अर्थमन्त्रीमा पौडेल आएपछि मोरङका उद्योगीको आन्दोलन स्थगित

१२ पुस, विराटनगर । बैंकले चर्को ब्याज लिएको विरोधमा आन्दोलनमा उत्रिएका मोरङका उद्योगी  व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्तामा बोलाएको भन्दै उनीहरुले आन्दोलन स्थगित गरेका हुन् । सोमबार अर्थमन्त्री नियुक्त भएका पौडेलले सोमबार नै उद्योगी व्यावसायीलाई वार्तामा बोलाएका थिए । अर्थमन्त्रीले वार्तामा  बोलाएपछि आन्दोलन स्थगित गरेको  मोरङ व्यापार संघ का […]

मोरङ–सुनसरीका उद्योगी व्यवसायीको आन्दोलन स्थगित

विराटनगर - बैंकको चर्को व्याजदरविरुद्ध आन्दोलनमा उत्रिएका मोरङ–सुनसरी औधोगिक क्षेत्रका उद्योगी व्यवसायीहरूले नवगठित सरकारले वार्तामा बोलाएको भन्दै आन्दोलन स्थगित गरेका छन् । बिहीबारदेखि राष्ट्र बैंक विराटनगर अगाडि अनिश्चितकालीन धर्नामा बसेका उद्योगी व्यवसायीहरूले माग सम्बोधन नभए पुन: आन्दोलनमा फर्किने गरी जारी आन्दोलन स्थगित...