काठमाडाैं : कोरोना संक्रमित घटेसँगै देशभरका अस्पतालहरुमा बेड खाली हुन थालेका छन्।पछिल्लो सातामा बिरामीको संख्यामा कमी आएपछि विभिन्न अस्पतालहरुमा २५ देखि ५० प्रतिशतसम्म बेड खाली भएको अस्पतालहरुले जनाएका छन्। अस्पतालमा बेडहरु खाली हुँदै गएपछि अब ननकोभिड विरामीले पनि सहजै सेवा पाउने भएका छन्।अहिले अस्पतालमा दैनिक रुपमा संक्रमितको भर्ना दरभन्दा निको हुने दर दोब्बर छ। पछिल्लो केहि दिनमा अस्पतालमा संक्रमितको चाप घट्दो अवस्थामा रहेको वीर अस्पतालका कोरोना फोकल पर्सन डा.अच्युत कार्कीले बताए।‘ह