काठमाडौं : निर्वाचन आयोग आसन्न स्थानीय तह निर्वाचनका लागि बनाइएको आचारसंहिता लागू गर्ने तयारीमा जुटेको छ। आज आयुक्तहरुको बैठक बसेर आचारसंहिता लागू गर्नेबारे निर्णय गर्न लागेको प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले चैत ३ गते निर्वाचन आचारसंहिता जारी गरेको थियो। राजपत्रमा प्रकाशित भइसकेको आचारसंहिता नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, संवैधानिक निकाय, राजनीतिक दल, गैरसरकारी तथा निजी संस्थालगायत विभिन्न क्षेत्रला