घूससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय एकान्तकुनाका नासु ईश्वरबन्धु गौतमलाई घूससहित पक्राउ गरेको छ ।

सम्बन्धित सामग्री

खानेपानी कार्यालयका कर्मचारी घूससहित पक्राउ

काठमाडौँ,३१ साउन । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महाङ्काल शाखामा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल घूस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु पाँच हजार घूस लिएकै अवस्थामा उनलाई पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । सिनियर प्लम्बर खुलालमाथि थप अनुसन्धान भइरहेको आयोगले बताएको छ । रासस

गाउँपालिकाका कर्मचारी घूससहित पक्राउ

महेन्द्रनगर– कैलालीको मोहन्याल गाउँपालिकाका छैटौँ तहका अधिकृत दीपेन्द्र बुढा क्षेत्री आज रु ३० हजार घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले बुढा क्षेत्रीलाई घूस लिँदै गर्दा पक्राउ गरेको अख्तियारले जनाएको छ । अख्तियारको प्रारम्भिक जानकारीअनुसार घूससहित पक्राउ परेका बुढाले घोडाघोडी नगरपालिकास्थित होटेल नवरत्नबाट बीउबिजन सामग्रीको रकम भुक्तानीबाट गैरकानूनी कमिशन लिइरहेका […]

नगर प्रमुखसहित ४ जना घूससहित पक्राउ

फागुन १५, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाका नगर प्रमुखसहित चारजनालाई आइतवार घूससहित पक्राउ गरेको छ । आयोगको टोलिले उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्नपछि अन्तिम बिल भुक्तानी दिने क्रममा विभिन्न बाहना बनाई सेवाग्राहीसँग ५ लाख रुपैयाँ घूसमाग गरिरहेको अवस्थामा नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेलसहित चार जनालाई पक्राउ गरेको हो । आयोगले सूचना एवं उजुरी निवेदनका आधारमा नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल, निजका सहयोगी अशोक प्रसाद पटेल,  योजना शाखाका प्रमुख (खरिदार, चौथो तह) मुकेश पटेल  र सह- लेखापाल प्रदिप कुमार यादवलाई सेवाग्राहीबाट घूस बापत २ लाख ५० हजार रुपैयाँ नगद र २ लाख ५० हजार रुपैयाँको चेक लिइसकेको अवस्थामा नगर प्रमुखकै कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताएको छ ।

मालपोत कार्यालयका प्रमुख र अमिन घूससहित पक्राउ

मंसिर १५, काठमाडौ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले मालपोत कार्यालय चितवनका प्रमुख र वडा कार्यालयका अमिनलाई  सेवाग्राहीबाट ५ लाख रुपैयाँ घूससहित पक्राउ गरेको छ । अख्तियारको टोलिले बुधवार मालपोत कार्यालय चनौली, चितवनका मालपोत अधिकृत मुकुन्द पौडेल र करारमा कार्यरत भरतपुर महानगरपालिका- २० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लिंदै गर्दा पक्राउ गरेको हो । मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरिदिने भन्दै घूस लिएका थिए ।  अख्तियारले प्रमुख पौडेलबाट १ लाख ५०  हजार रुपैयाँ नगद र अमिनबाट १ लाख ५०  हजार रुपैयाँ नगद र ३ लाख ५० हजार रुपैयाँको चेक बरामद गरेको छ । अंशबण्डा गरी बाटो कायम गर्नका लागि जग्गाको कित्ताकाटलगायतका काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग कार्यालय प्रमुख र अमिनले घूस मागेका थिए । अशंबन्डा गर्दा पनि घूस मागेको भन्दै सेवाग्राहीले अख्तियारमा उजुरी गरेका थिए । अख्तियारको टोलिले उनीहरु दुवैलाई भरतपुर–४ धर्मचोक लङ्कुबाट पक्राउ गरेको अख्तियारका  सहायक प्रवक्ता बेदप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

मालपोत अधिकृत ५० हजार घूससहित पक्राउ

मालपोत कार्यालय चितवनमा कार्यरत मालपोत अधिकृत मुकुन्द पौडेल घुससहित पक्राउ परेका छन् ।  अंशबण्डा एवं बाटो कायम गरी जग्गाधनी प्रमाणपूर्जा बनाई दिएबापत सेवाग्राहीसँग घूस मागेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले पौडेललाई पक्राउ घूस रकमसहित पक्राउ गरेको हो । उनलाई भरतपुर महानगरपालिका वडा नम्बर २० स्थित मालपोत कार्यालयको क्वाटरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए ।

सर्लाहीमा दुई जनप्रतिनिधि घूससहित पक्राउ

सर्लाहीका दुई जनप्रतिनिधिहरु घूस रकमसहित पक्राउ परेका छन् । सोमबार अख्तियारको टोलीले सर्लाहीको इश्वरपुर नगरपालिका ११ का दुई वडा सदस्यलाई घुस रकमसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा इश्वरपुर नगरपालिका ११ का वडा सदस्य सोनेलाल साह र उमेश राय रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई रु १ लाख ५० हजार रुपैयाँ लिइरहेकै अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिजालले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि २ लाख घूससहित पक्राउ

२ लाख घूस रकमसहित काठमाडौं महानगरपालिकाका एक जनप्रतिनिधि पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १४ नम्बर वडा सदस्य वसन्त महर्जनलाई पक्राउ गरेको हो ।  जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका उनले घूस मागेको उजुरीको आधारमा आयोगबाट खटिएको टोलीले महर्जनलाई पक्राउ गरेको हो । घुस लिइसकेको अवस्थामा  उनलाई कलंकीको खसीबजार स्थित न्यूकान्तिपुर तन्दुरी भोजनालयबाट नियन्त्रणमा

यातायात कार्यालय सहयोगी र विचौलिया घुससहित पक्राउ

यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी भोगेन्द्र कापरसहित दुई जना २ लाख ७३ हजार ८५० रुपैयाँ घूससहित पक्राउ परेका छन्

१ लाख ५ हजार घूससहित पक्राउ परेका सव–इन्जिनियरविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससहित पक्राउ परेका सव–इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत कार्यरत सव-इन्जिनियर सुरेन्द्र अधिकारी विरुद्ध अख्तियारले मंगलबार मुद्दा दायर गरेको हो ।  आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत एक लाख पचास हजार रुपैयाँ लिएको आरोपमा उनी पक्राउ गरेका थिए ।

सडक डिभिजनका कर्मचारी घूससहित पक्राउ

सडक डिभिजन कार्यालय दमौलीका कम्प्युटर अपरेटरसहित दुई जना घूससहित पक्राउ परेका छन् । कम्प्युटर अपरेटर प्रकाश पौडेलसहित वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाहीलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराबाट पुगेको टोलीले घूससहित पक्राउ गरेको हो ।