काठमाण्डाै – सरकारले महाकाली नदीमा बेपत्ता हुनुभएका जयसिंह धामीकाे परिवारलाई आर्थिक सहयाेग स्वरूप दश लाख रुपैयाँ दिने निर्णय गरेकाे छ । बिहीवार बसेकाे मन्त्रिपरिषद्काे बैठकले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ‘तुइन काट्दा’ महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयाे । गएकाे साउन १५ गते धामी तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता हुनुभ...