वि.सं २०४६ को प्रजातन्त्र पुनःस्थापनापछि सम्पन्न सबै निर्वाचनमा एउटै दलले जित्दै आएको निर्वाचन क्षेत्रमध्येको एक हो– भक्तपुर क्षेत्र नं १ । यहाँ २०४८ देखि लगातार नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले निर्वाचन जित्दै आएको छ ।यसपटक पनि नेमकिपाको बलियो र एकछत्र पकड देखिन्छ । यद्यपि यहाँ नेमकिपाको विरासत भत्काउन सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रूपमा नेकपा (माओवादी केन्द्र) का सुनील गोठे ‘बासु’ र नेकपा (एमाले) का नवराज गेलाल अघि सरेका छन् ।यस क्षेत्रमा विसं २०४८, २०५१, २०५६