विराटनगर : नदीको भँगालोमा हेलिँदै गन्तव्य पछ्याउन जोखिमपूर्ण हुन्छ‚ त्यसमा पनि सप्तकोशी जस्तो नदीमा अझ कठिन हुन्छ यात्रा। तर पनि जीवनयापनकै लागि सप्तकोशीमा यस्तो ज्यानकै जोखिम सयौँपल्ट उठाइसकेका छन् जापान राईले‚ त्यो पनि हिउँदमा मौन बसेझैँ लाग्ने शान्त सप्तकोशीको पानीमा मात्र हैन गडगडाएर उर्लँदो बर्खे भेलमा पनि।अनि यसरी बाँसमा जल यात्रा गर्ने पनि उनीमात्र होइनन्‚ सप्तकोशी आसपासका सयौँ बासिन्दाले यसरी नै सप्तकोशीमा हेलिँदै बाँस ओसारेर जीवन धान्ने गरेका छन्। जापान र उनका साथ