सप्तकोशी बाढी पीडितलाई राहत

उदयपुरको बेलका नगरपालिकाको विभिन्न स्थानमा सप्तकोशी नदीको बाढी प्रवेश गर्दा विस्थापितलाई प्रदेश सरकारसहित विभिन्न क्षेत्रबाट राहत सहयोग गर्न थालिएको छ । नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङसहित प्रदेश नम्बर १ सरकारसहितका विभिन्न निकायबाट बाढीबाट विस्थापितलाई राहत दिइएको छ । उपमेयर जीरा राईका अनुसार जिल्ला प्रशासनबाट बाढी पीडितको लागि चाउचाउ, पानी, म्याट, भुजा, …