धौलागिरी लघुवित्त वित्तीय संस्थाले सार्वजनिक शेयर निष्कासन गर्दै
बागलुङस्थित केन्द्रीय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्थाले साउन २४ गतेदेखि सार्वजनिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । जसको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल छ ।
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी असार २० गतेदेखि एकीकृत कारोबार गर्दैछन् ।
गत मंसिर १८ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता गरेका यी कम्पनीहरूले सात महीनाभित्र एकीकृत कारोबार शुरू गर्न लागेका हुन् । एकीकृत कारोबारको तयारीस्वरूप असार १९ गते एक दिन दुवै कम्पनीको वित्तीय कारोबार बन्द हुने जानकारी कम्पनीहरूले दिएका छन् ।
दुई कम्पनी एक भई धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् । मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय, बागलुङको बागलुङ नगरपालिका वडा नम्बर २ मा रहने जानकारीसमेत कम्पनीहरूले दिएका छन् ।
मर्जर प्रयोजनका लागि दुवै कम्पनीको शेयर कारोबार भने असार २० गतेदेखि बढीमा १५ कारोबार दिन रोक्का रहनेछ । मर्जर तथा प्राप्तिसम्बन्धी पछिल्लो व्यवस्थाबमोजिम एकीकृत कारोबारको दिनदेखि बढीमा १५ कारोबार दिनमात्र शेयर कारोबार रोक्का राख्नुपर्ने व्यवस्था छ ।
यी दुवै कम्पनीले हालै मात्र सर्वसाधारणमा आईपीओ निष्कासन गरेका हुन् । धौलागिरी लघुवित्तले गत साउन २४ देखि २९ गतेसम्म सर्वसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।
त्यस्तै खप्तड लघुवित्तले गत भदौ ८ देखि १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्कासन गरेको थियो ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोला
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २० गतेदेखि एकिकृत कारोबार सुरू गर्ने भएका छन् । यी दुई कम्पनीले मर्जर प्रक्रिया पुरा गरी एकिकृत कारोबार सुरू गर्ने भएका हुन ।
दुबै कम्पनीले मर्जर सम्बन्धी प्रस्ताव वैशाख १६ गते वार्षिक साधारण सभामार्फत पारित गरेका थिए । गत मंसिर १८ गते मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता गरेका यी कम्पनीहरूलाई नेपाल राष्ट्र बैंकले जेठ २४ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।
धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार गर्ने जानकारी कम्पनीहरूले दिएका छन् । यी दुवै कम्पनीले हालै मात्र सर्वसाधारणमा आईपीओ निष्कासन गरेका हुन् । धौलागिरी लघुवित्तले गत साउन २४ गतेदेखि साउन २९ गतेसम्म सर्वसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।
त्यस्तै खप्तड लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्सकासन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्कासन गरेको थियो । मर्जरपछि बनेको कम्पनीको केन्द्रिय कार्यालय गण्डकी प्रदेश बाग्लुङ जिल्ला , बाग्लुङ नगरपालिका वडा नम्बर २ बाग्लुङमा रहने जानकारी समेत कम्पनीहरूले दिएका छन् ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । दुवै कम्पनीले मर्जरसम्बन्धी प्रस्ताव गत वैशाख १६ गते वार्षिक साधारण सभामार्फत पारित गरिसकेका छन् ।
यी दुई कम्पनीबीच गत मंसिर १८ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो । राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति लिई कम्पनीहरूले एकीकृत कारोबारको मिति तय गर्नेछन् ।
धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाटै एकीकृत कारोबार गर्ने सहमति कम्पनीहरूबीच भएको छ । यी दुवै कम्पनीले हालै मात्र सर्वसाधारणमा आईपीओ निष्कासन गरेका हुन् । धौलागिरी लघुवित्तले गत साउन २४ गतेदेखि साउन २९ गतेसम्म सर्वसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।
राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको धौलागिरीले बागलुङ नगरपालिका–२ श्रीनगर टोल, बागलुङस्थित रजिष्टर्ड कार्यालयबाट आफ्नो कारोबार सञ्चालन गर्दै आइरहेको छ ।
त्यस्तै खप्तड लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्सकासन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्कासन गरेको थियो । सुदूरपश्चिममा कार्यक्षेत्र रहेको खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा छ ।
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रस्ताव पारितका लागि आगामी वैशाख १६ गते वार्षिक साधारण सभा बोलाएका छन् ।
यी दुई कम्पनीबीच गत मंसिर १८ गते मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता गरेको थियो । प्रारम्भिक सम्झौताअनुसार मर्जर पश्चात् बन्ने कम्पनीको नाम धौलागिरी लघुवित्त वित्तीय संस्था नै रहने सहमति बनेको छ । दुबै कम्पनीले सभामार्फत मर्जरका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछन् ।
खप्तड लघुवित्तले होटल नमस्ते, अत्तरियामा विहान १० बजे सभा गर्ने छ भने धौलागिरी लघुवित्तले भने धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र बाग्लुङमा विहान १० बजे सभा गर्ने छ । मर्जर प्रस्तावसँगै दुबै कम्पनीहरूले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचतसमेत सभाले गर्नेछ । साथै गत आर्थिक वर्ष २०७८/ ०७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू समेत सभाले पारित गर्नेछ ।
यी दुवै कम्पनीले हालै मात्र सर्वसाधारणमा आईपीओ निष्कासन गरेका हुन् । धौलागिरी लघुवित्तले गत साउन २४ गतेदेखि साउन २९ गतेसम्म सर्वसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो । राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको धौलागिरीले बागलुङ नगरपालिका–२ श्रीनगर टोल, बागलुङस्थित रजिष्टर्ड कार्यालयबाट आफ्नो कारोबार सञ्चालन गर्दै आइरहेको छ ।
त्यस्तै खप्तड लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्सकासन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्कासन गरेको थियो । सुदूरपश्चिममा कार्यक्षेत्र रहेको खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।
बागलुङमा केन्द्रीय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको साउन २४ गतेदेखि सार्वजनिक शेयर निष्कासन हुने भएको छ । जसको बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेड रहेको छ । हाल उक्त कम्पनीको चुक्ता पुँजी रु.७ करोड रहेकोमा सार्वजनिक शेयर निस्कासन पश्चात १० करोड ३१ लाख पुग्नेछ । हाल ७ करोड पुँजी रहेको कम्पनीको अपरिस्कृत वित्तीय विवरण बमोजिम जगेडा तथा कोषमा रु ११ करोड रहेको छ । जसबाट प्रतिसेयर नेटवर्थ रु. २५७ रुपैयाँ हुन आउने कम्पनीले जनाएको छ ।
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असार २४ गते शुक्रबार वित्तीय संस्था लिमिटेडलाई शेयर निष्कासन अनुमति प्रदान गरेको हो । बोर्डको अनुमति पाएसँगै लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । साधारण शेयर निष्कासनको […]