काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार अखिल भारत फुटबल संघ (एआइएफएफ) माथिको निलम्बन फकुवा गरेको छ । सन् २०२० मा हुनुपर्ने निर्वाचन १८ महिनासम्म नगरेपछि भारतको सर्वोच्च अदालतले तत्कालिन अध्यक्ष प्रफुल पटेललाई पदबाट हटाएको थियो । एआइएफएफको जिम्मेवारी तीन सदस्यीय कमिटिलाई दिएको थियो । यो कमिटिलाई अदालतले एआइएफएफको निर्वाचन र नयाँ विधान लागू […]