विराटनगर : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्व-प्रधानमन्त्री झलनाथ खनालले एमसिसीका व्याख्यात्मक घोषणा भनेको नेताहरूलाई आनन्दले सुत्न बनाइएको ‘न्यानो थाङ्नो’ रहेको बताएका छन्। बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता खनालले यस्तो बताएका हुन्। उनले २७५ सांसदलाई हेरेको हेरेकै पारेर जबरजस्ती पास गरेको आरोप लगाए। यसरी जबरजस्ती एमसिसी पास गर्नु नेपालको इतिहासमै दुःखद लज्जाजनक रहेको पनि उनले बताए। ‘