लगनखेल चोकमा मच्छिन्द्रनाथ र मीननाथको रथ परिक्रमा गराईयो (फोटोफिचर)

काठमाडौं, २८ बैशाख। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेल चोकमा रहेको मच्छिन्द्रनाथको आमाको रुपमा रहेको माई सिमा (माई रुख) लाई बुधबार परिक्रमा गराइएको छ। उक्त रुखलाई दुई चरण परिक्रमा पछि ईतिटोलसम्म आज रथ पुर्‍याइएको छ । तस्बिर :मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

सम्बन्धित सामग्री

आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै, सरकारले दियो सार्वजनिक विदा

सरकारले आज सार्वजनिक विदा दिएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिनको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ। गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रम हुने जानकारी दिए । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको छ । पुगेको चौँथो दिनको अवसरमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ।

नरिवल खसाल्ने जात्रा सम्पन्न

काठमाडौँ- रातो मच्छिन्द्रनाथ रथजात्रा अन्तर्गत बिहीबार लगनखेलको थटिटोलमा नरिवल खसाल्ने जात्रा सम्पन्न भएको छ । मच्छिन्द्रनाथको रथ लगनखेल पुगेको चार दिनपछि रथ निर्मातामध्ये ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ । रथलाई तान्दै लगनखेल पुर्‍याएपछि खुसियालीमा रथको माथिबाट नरिवल खसाल्न थालिएको मान्यता रहिआएको छ ।किंवदन्ती अनुसार नरिवल खसाल्ने दिनलाई पाटनवासीले उत्सवको रूपमा लिन्छन्। […]

मच्छिन्द्रनाथ भोटो ३० गते देखाइने

बर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तान्नका लागि बैशाख २७ गतेको शुभसाईत निकालिएको छ। यो सँगै ३० गते आइतबार भोटो देखाइने भएको छ। ललितपुरको पुल्चोकबाट तानिएको मच्छिन्द्रनाथको रथलाई अहिले लगनखेल राखिएको छ। लगनखेलबाट जावलाखेल रथ तान्नका लागि विशेष विधिपुर्वक शुभसाईत हेर्ने चलन अनुसार जोशी गुरुहरुले विहिबार विहान शुभसाईत हेरेका हुन्। परम्परा अनुसार मंगलबजारको…