म्याग्दीको अति दुर्गम धवलागिरि गाउँपालिका–४ मुदीको बगरा र सिमकोसका अधिकांश मतदाता पहिलो पटक मतदानमा सहभागी हुँदैछन् । मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको आमनिर्वाचनका लागि स्थानीय कैलाश आधारभूत विद्यालयमा छुट्टै मतदान केन्द्र तोकिएपछि दुवै गाउँवासीले पहिलो पटक मतदानमा भाग लिन पाउने भएका हुन् ।