आयल निगमद्वारा सिन्धुपाल्चोकका बाढी पीडितलाई चुलोसहित ग्यास सिलिन्डर वितरण

नेपाल आयाल निगमले सिन्धुपाल्चोक मेलम्चीका बाढी पीडितहरुका लागि चुलोसहित एक/एक थान खाना पकाउने एलपी ग्यासको सिलिन्डर प्रदान गरेको छ ।  जिल्ला समन्वय समितिको अनुरोधमा नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव समेत रहेका निगम सञ्चालक समितिका अध्यक्ष दिनेश भट्टराईको संयोजकत्वमा निगमका पदाधिकारी साथै निगमका क्रियाशील ट्रेड युनियनका पदाधिकारीहरूको समेत पहलमा उक्त राहत प्रदान गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।सो अवसरमा निगमले बाढी पीडितहरुका लागि आवश्यक एक/एक

सम्बन्धित सामग्री

ग्यास सिलिन्डर कति सुरक्षित ?

नेपाल आयल निगम र गुणस्तर तथा नापतौल विभागले छुट्टाछुट्टै दिनमा सगरमाथा ग्यास उद्योगमा अनुगमन गर्दा ग्यास सिलिन्डर कुच्चिएको भेटियो । निगमले उजुरीका आधारमा बनेपामा रहेको उद्योगमा गत शुक्रबार अनुगमन गरेको थियो । केही सिलिन्डर कुच्चिएको र उद्योग परिसरको अवस्था मापदण्डविपरीत भेटिएपछि प्रोडक्ट डेलिभरी अडर (पीडीओ) रोकेर तीन दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र काट्यो ।

इन्धन कारोबार निजीक्षेत्रलाई दिन हुँदैन : ट्रेड युनियन

काठमाडौं (अस) । सरकारले पेट्रोल, डिजेल तथा ग्यासलगायत इन्धन आयातको जिम्मा निजीक्षेत्रलाई समेत दिने भनेर गरिरहेको गृहकार्यप्रति नेपाल आयल निगम ट्रेड युनियनले आपत्ति व्यक्त गरेको छ । आइतवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थ आपूर्तिको जिम्मा निजीक्षेत्रलाई पनि दिने गृहकार्य भइरहेको बताएपछि निगम ट्रेड युनियनले सरकारको यस्तो कार्यप्रति आपत्ति व्यक्त गरेको हो । सरकारले निजीक्षेत्रलाई इन्धन आयातको जिम्मा दिए आयल निगमले अहिले उपभोक्तालाई दिए जसरी सेवा दिन नसक्ने दाबी गर्दै नेपाल आयल निगम ट्रेड युनियनका अध्यक्ष मधुमास पुनले सरकारको गृहकार्यप्रति आपत्ति व्यक्त गरेका हुन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत सरकारको गृहकार्यप्रति आपत्ति जनाउँदै नेपाल आयल निगमलाई करमाथि कर थोपर्ने परल मूल्य बराबर मूल्य समायोजन पनि गर्न नदिने र तेल किन्ने पैसा नदिएर आर्थिक रूपले टाट पल्टाउने र निजीक्षेत्रलाई सुम्पिने दाउ भएमा त्यो किमार्थ स्वीकार्य नहुने बताएका छन् । निजीक्षेत्रलाई इन्धन कारोबारको जिम्मा दिए प्रतिलिटर १ सय ९५ परेको पेट्रोल १ सय ८० रुपैयाँ, १ सय ९० परेको डिजेल १ सय ६३ रुपैयाँमा र २६ सय ८० रुपैयाँ परेको ग्यास सिलिन्डर १८ सय रुपैयाँमा उपभोक्ताले नपाउने उनले उल्लेख गरेका छन् । एउटा समस्याको विषयान्तर गरेर अर्कै प्रकारको समाधान दिन खोज्दा आम नेपाली नागरिकले सेवाभन्दा सास्ती पाउने दाबी उनले गरेका छन् । राज्य जहिले पनि लोक कल्याणकारी बन्नुपर्ने पनि उनले उल्लेख गरेका छन् ।

नेपाल आयल निगम भन्छ, 'बजारमा पर्याप्त ग्यास छ, जगेडा राख्न आवश्यक छैन'

ग्यास सिलिन्डर खरिद गरी जगेडा राख्ने प्रवृत्तिले बजार असामान्य हुने, दुर्घटनाको सम्भावना बढ्ने र आपूर्ति व्यवस्था असहज हुने भन्दै नेपाल आयल निगमले आवश्यकता अनुसार मात्रै खरिद गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।