नेपाल संवत्‌ले राष्ट्रिय एकता र आपसी सद्भावलाई सुदृढ गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्‍वास

काठमाडौं, कार्तिक ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४३ प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन्। उनले शुभकामना सन्देशमार्फत राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने मौलिक राष्ट्रिय संवत् भएको उल्लेख गर्दै यस संवत्को पहिलो दिन […]

सम्बन्धित सामग्री

राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउनुपर्छ: अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले मुलुकको राष्ट्रियता अखण्डता, सार्वभौमसत्ता र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनका साथै देशमा निरङ्कुशताको अन्त्य गरी लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि जीवनको बलिदान गरेका सहिदको त्याग, निष्ठा …

बहुसंस्कृतियुक्त समाजले मात्रै राष्ट्रिय एकता बलियो हुन्छ : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताएका छन्। उनले यो भावलाई सदैव दृढताका साथ सङ्कल्प गरी अघि बढ्नुको विकल्प नभएको बताए।ललितपुरको थेचोमा नवदुर्गा भवानी देवी १२ वर्षे जात्रा समापन समारोहलाई आज सम्बोधन गर्दै उनले भने, “नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो। हाम्रा समृद्धशाली मूर्त र अमूर्त सांस्कृतिक धरोहर सम्पदा राष्ट्रिय एकता सबलीकरण गर्ने विशिष्ट माध्यमका रूपमा परिचित छन

राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गरौं : उप्रेती

काठमाडौं, २४ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवम समाजसेवी शोभित उप्रेतीले चाडवाडको बेला राष्ट्रिय एकता र समाजिक सद्भाव प्रवद्र्यन प्रेरित गतिविधि गर्न आग्रह गरेका छन् । दशैं, तिहार, छठलगायत राष्ट्रिय पर्वहरु र नेपाल सम्वत् ११४४ को अवसरमा शुभकामना व्यक्त गर्दै उप्रेतीले पारिवारिक, सामाजिक तथा राष्ट्रियस्तरमै एकता र सद्भाव कायम गर्न आग्रह गरेका हुन् […]

थापा नेतृत्वमा राष्ट्रिय एकता पार्टी

राप्रपाका पूर्वअध्यक्ष कमल थापाले ‘राष्ट्रिय एकता पार्टी नेपाल’ नाममा नयाँ पार्टी गठन गर्ने भएका छन् । थापाले १ फागुनमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिने तय गरेका छन् ।  ‘नयाँ पार्टी...

कमल थापाको नेतृत्वमा राष्ट्रिय एकता पार्टी

राप्रपाका पूर्व अध्यक्ष कमल थापाले ‘राष्ट्रिय एकता पार्टी नेपाल’ नाममा नयाँ पार्टी गठन गर्ने भएका छन् । थापाले १ फागुनमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिने तय गरेका...

राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिन माग

राष्ट्रिय एकता परिषद्ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिन माग गरेको छ । शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिषद्ले राष्ट्रिय एकता दिवसका रूपमा उक्त दिन सार्वजनिक बिदा दिन माग गरेको हो । पूर्व मन्त्री कुमार वेलवासेले सबै नेपाली पृथ्वीनारायण शाहप्रति ऋणी भएको बताए । उनले भने, ‘नेकपा मालेको विश्लेषण पनि यही हो ।’ अंग्रेजको नेपाल जस्तो अनुकूल राज्यलाई कब्जा गर्ने उद्देश्यलाई पृथ्वीनारायण शाहले पूरा गर्न नदिएको बताए । पूर्व म...

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन समिति गठन

तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस –२०७८ मनाउन नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार भएको बैठकमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीका संयोजकत्वमा सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ’रायन’, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, …

पुस २७ लाई औपचारिक रुपमा राष्ट्रिय एकता दिवस घोषणा गर्न माग

काठमाडौँ – पृथ्वीजयन्तीलाई औपचारिक रुपमा राष्ट्रिय एकता दिवस घोषणा गरी मनाउनु पर्ने माग पूर्वसुरक्षाकर्मी परिषद् नेपालले गरेको छ । आफूहरुले नेपाल राष्ट्रको निर्माणमा पृथ्वीनारायण शाहले गरेको एकीकरणको भूमिका महत्वपूर्ण रहेको र त्यसलाई भुल्न नहुने भन्दै प्रधानमन्त्रीलाई पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने व्यवस्था गर्न ध्यानाकर्षण गराएको भए पनि अझैसम्म केही नभएको परिषद्ले जनाएको […]

राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाउन आह्वान

काठमाडौं । पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन विभिन्न क्षेत्रका व्यक्तिहरुले आग्रह गरेका छन् ।  काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वप्रधान सेनापति रुक्मांगत कटुवाल, चर्चित अभिनेत्री मनिषा कोइराला, नेपाल प्रहरीका पूर्व नायब महानिरिक्षक रमेश खरेल लगायतले राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउन आग्रह गरेका हुन् ।राष्ट्रिय एकता दिवस नेपाल देशको पहिचान र भाषा÷संस्कृतिसँग महत्वपूर्ण सम्बन्ध राख्ने भन्दै अगुवाहरुले दिवस मनाउन आग्रह गरेका हुन् । उनीहरुले पुस २७ गते दिउँसो सिंहदरबार अगाडि