रसुवा : चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट निर्यात सुरु भएको छ। कोभिड १९ को संक्रमण हुनुभन्दा अघिदेखि नै निर्यात ठप्प रहेकोमा तीन बर्ष पछि निर्यात सुरु भएको हो।हिजो छ वटा नेपाली कन्टेनरमा राखिएका नेपाली बस्तुहरु बाँसका मुडा, हस्तकलाका समाग्रीहरुमा बिशेष त तामाका हस्तकलाका समाग्रीहरु तीनवटा चीनीयाँ गाडीमा राखेर पठाईएको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत नारायण प्रसाद भण्डारीले बताए।बिगत तीन बर्षदेखि रसुवागढी नाकाबाट आयात मात्र हुँदै आएकोमा हिजोदेखि निर्यात हुन लागेपछि यस नाकाबाट