जेठदेखि हप्तामा २ दिन बिदा दिएको नेपाल सरकार आफ्नो निर्णयमा एक महिना पनि टिक्न सकेन । यही असारबाट पुनः आइतबारको बिदा काटिएको छ । नेपालमा सार्वजनिक बिदाको कुरा गर्नु भन्दा पहिला विश्वमा साप्ताहिक बिदा कसरी जन्मियो, यसबारे जानकारी पस्किँदै यो लेखको सुरुवात गरियो ।आजभन्दा करिब ४ हजार वर्ष पहिलेको बेबिलोन सभ्यतामा मानिसहरु सौर्यमण्डलमा सात मात्र ग्रह रहेको विश्वास गर्दथे । सोही अनुसार ७ दिनको एक हप्ता एकाइ गणना गरेको अनुमान गरिन्छ । तथापि ईसापूर्व २५० देखिमात्र पश्चिमा क्यालेन्डरमा सात दिनको एक हप्त