काठमाण्डाै - प्रदेश-१ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिँदै हुनुहुन्छ । अस्ति शुक्रवार प्रदेश सभा बैठकमा उहाँले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्नु भएको थियो ।
यो प्रस्तावमाथि आज दिउँसो बस्ने बैठकमा छलफल गरी मतदान हुन लागेको हो । प्रस्तावमाथि छलफल र मत विभाजनका लागि सभामुख प्रदीपकुमार भण्डारीले अहिले दिउँसो साढे १२ बजे हिउँदे अधिवेशनको बैठक बोलाउनु भएको छ । गएको भदौ महिनामा मुख्यमन्त्री नियुक्त भएका आचार्यको पद एमाले विभाजनसँगै धरापमा परेको छ ।
प्रदेश सभामा आवश्यक बहुमत प्राप्त गर्न ४७ जना सांसद आवश्यक ...