आज सुरु हुने प्रतियोगिताका अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले नेपाली क्रिकेटको वर्तमान उपलब्धिका पछाडि वर्षौंको संघर्ष, मेहनत र समर्पण रहेको बताएका छन्।
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक पदमा नेपालले पुनः प्रतिस्पर्धा गर्ने भएको छ। मन्त्रिपरिषद्को गत ३० असोजको बैठकले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई उक्त पदमा नेपालको तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयका उच्च स्रोतका अनुसार सरकारले डा. मिश्रालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। […]
पाकिस्तानका ब्याटर साहिबजादा फरहानले नेपाल प्रिमियर लिग (एनपीएल) नखेल्ने भएका छन्। पाकिस्तानको एकदिवसीय टोलीमा छनोट भएपछि पाकिस्तान क्रिकेट बोर्डले उनलाई स्वदेश फिर्ता बोलाएको कर्णाली याक्सले जनाएको छ। फरहान कर्णाली याक्सबाट प्रतियोगिता खेल्न काठमाडौं आएका थिए। राष्ट्रिय टोलीका लागि बोलावट आएपछि उनी एनपीएल नखेली फर्किन लागेका हुन्। कर्णाली याक्सका अनुसार फरहानको स्वदेश फर्किने टिकटको व्यवस्थासमेत भइसकेको […]
काठमाडौं– क्रिकेटको रोमाञ्चमा संगीतको नयाँ ऊर्जा थप्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रीम एन्थम’ सार्वजनिक गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि सार्वजनिक गरिएको यस एन्थमले क्रिकेटको मैदानमा देखिने प्रतिस्पर्धात्मक जोश र मैदानबाहिर समर्थकहरूमा छाउने क्रिकेट क्रेजलाई एउटै सांगीतिक लयमा बाँध्ने प्रयास गरेको छ । हरेक बलसँगै बढ्ने उत्सुकता, हरेक चौका–छक्कामा उर्लिने […]
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक निर्वाचनमा पराजित भएका तथा विभिन्न तहमा जिम्मेवारी पाउन नसकेका नेता-कार्यकर्तालाई क्षमता र योग्यताका आधारमा जिम्मेवारी दिने बताएका छन्। स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले पार्टीभित्रको प्रतिस्पर्धालाई जित र हारका रूपमा मात्र नहेरी सबैलाई समेटेर संगठन सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन्। काँग्रेस चार पुस्ताको […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई समेत समेटेर नयाँ ढङ्गले पार्टी सञ्चालन गर्ने बताएका छन् । साेमबार स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले आन्तरिक प्रतिस्पर्धामा कोही जित्ने र कोही हार्नेभन्दा पनि सबैलाई जिम्मेवारी र अवसर प्रदान गर्दै अघि बढ्नुपर्ने बताएका हुन् । कांग्रेस चार पुस्ताको […]