डब्लुएचओको क्षेत्रीय नेतृत्वमा नेपाल सरकारले डा. मिश्राको नाम सिफारिस गर्यो

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक पदमा नेपालले पुनः प्रतिस्पर्धा गर्ने भएको छ। मन्त्रिपरिषद्को गत ३० असोजको बैठकले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई उक्त पदमा नेपालको तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयका उच्च स्रोतका अनुसार सरकारले डा. मिश्रालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। […]