आज पुस १५ गते बिहिबार शेयर कारोबार नहुने भएको छ । सरकारल आज तमु ल्होसार पर्वको अवसरमा सार्वजनिक विदा दिएकोले शेयर बजार बन्द रहने भएको हो । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आज बिहिबार गुरुङ जातिको चाड तमु ल्होसार परेकोले देशभर नै विदा दिने निर्णय गरेको हो । सरकारले सार्वजनिक विदा दिएसंगै देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा विदा हुने छ। सरकारले विदा दिएपछि बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्से पनि बन्द हुने भएकोले बिहिबार शेयर कारोबार हुने छैन ।आज विभिन्न १२ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन थियो। विदा नभएको भए आज लगानीकर्ताले लाभांश खाने वा नखाने निर्णय गरि ति शेयर आवश्यकता अनुसार खरीद बिक्रि गर्न सक्दथे । तर सार्वजनिक विदा भए संगै लगानीकर्ता त्यस अवसरबाट बन्चित भएका छन् । अब भने पुस १४ गतेसम्म कायम भएका लगानीकर्ताले यी कम्पनीको लाभांश पाउने छन् ।प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमुल्होसार’ पर्व मनाउँछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।