भीम रावल ओलीपछि एमाले अध्यक्ष बन्लान् ?

समाचार विश्लेषण । नेकपा एमालेको इतिहास नै यस्तो छ कि अधिकांश परिस्थितिमा एउटा नेतालाई अर्कोले कडा चुनौती दिएर नेतृत्वमा पुगेको छ । माधव नेपाल मात्र त्यस्तो नेता हुन् जसले मदन भण्डारीको दासढुंगा दुर्घटनामा मृत्यु भएपछि महासचिव बने । तर, एमाले नबन्दै माले हुँदा सीपी मैनाली, झलनाथ खनाल जस्ता नेताहरु अर्को नेताको चुनौतीबाट नेतृत्वबाट हट्न पुगे […]

सम्बन्धित सामग्री

भीम रावल अनुशासनहीन ढंगले हिरो बन्न खोजिरहेका छन् :  ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता भीम रावल अनुशासनहीन ढंगले हिरो बन्न खोजेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले भने, ‘पार्टीको काम कारवाही भन्दा आफूलाई पृथक ढंगले प्रस्तुत गरिरहनुभएको छ । मैले अस्ति हाम्रो संसदीय दलको बैठकमा पनि भनेको थिएँ, आफूलाई व्यक्तिगत तर्फबाट हिरो देखाउन खोज्ने, कुनै पनि बाहनामा चाहे राष्ट्रवाद होस् चाहे लोकतन्त्र होस् वा अरु बाहानामा हाम्रो पार्टीले लिएका नीति सही छन् त्यसको ब

एमाले बन्द सत्रबाट बाहिरिए भीम रावल

न्युज अफ नेपाल, चितवन । एमालेको १० औँ महाधिवेशनको बन्द सत्रस्थलबाट भीम रावल बाहिरिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली बन्द सत्रमा प्रवेश गरेपछि सुरु भएको अध्यक्ष मण्डलको बैठकबाट भीम रावल बाहिरिएका हुन् । उनी बाहिरिनुको कारण खुलेको छैन । तर ओली प्रवेश गरेको केही क्षणमा रावल बैठकस्थलबाट बाहिरिएका हुन् ।

केपी ओलीबिरुद्ध अध्यक्ष पदमा मत माग्न थाले भीम रावल

चितवन- एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सर्वसम्मत पदाधिकारीसहित केन्द्रीय कमिटीका लागि भगीरथ प्रयास गरिरहेका बेला उनका प्रतिद्वन्द्वीका रुपमा आफूलाई प्रस्तुत गरेका एमाले उपाध्यक्ष भीम रावल मतदाताहरुसँग भोट माग्न थालेका छन्। शुक्रबार एसएमएस पठाएर महाधिवेशन प्रतिनिधिहरुसँग भोट माग्न थालेका रावलले शनिबार महाधिवेशनको बन्दसत्र आयोजना भएको चितवनस्थित सौराहामा प्रतिनिधिहरुसँग भेटेरै मत माग्न थालेका छन्। अध्यक्ष […]

भीम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने ओलीको प्रस्ताव

नेकपा एमाले अध्यक्ष केपी ओलीले नेता भीम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गरेका छन् । रावलले उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए ।ओलीले छलफलमा रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिन सकिने प्रस्ताव राखेको नेकपा एमालेका एक पदाधिकारीले रातोपाटीलाई जानकारी दिए । ओलीले आफू बसेको होटल सफारी पार्कमा नेताहरुसँगको भेटलाई तिब्रता दिएका छन् । दशौं महाधिवेशनमा रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

भीम रावल आज धनगढी जाँदै, एकीकृत समाजवादीका नेता–कार्यकर्तासंग पनि भेटघाट गर्ने

काठमाडौं, भदौ २९ । नेकपा एमाले भित्र सुदूरपश्चिम ईन्चार्जबारे विवाद चलिरहेका बेला उपाध्यक्ष भीम रावल कार्यकर्ता भेटघाटका लागि आज धनगढी जाने भएका छन् । अहिले मध्यान्न १२ बजे श्रीएयरको विमानमार्फत रावल धनगढी जाने कार्यक्रम रहेको स्रोतले जनाएको छ । आइतबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजनपछि पनि सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट नै भएको […]

भीम रावल : पार्टी अध्यक्षमा आँखा लगाउँदा प्रदेश इञ्चार्ज पनि गयो

धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश इन्चार्ज माओवादी केन्द्रबाट आएका स्थायी कमिटी सदस्य लेखराज भट्ट नै भएको स्पष्ट पारेका छन्।सुदूरपश्चिम प्रदेश इन्चार्जको विषयमा छलफल गर्न आइतबार बालकोट पुगेका भीम रावल, लेखराज भट्ट, कर्ण थापालगायत नेतालाई ओलीले प्रदेश इन्चार्ज भट्ट नै हुने स्पष्ट पारेका हुन्। लेखराज नै इन्चार्ज रहेको बताउँदै एमाले अध्यक्ष ओलीले उपाध्यक्ष रावललाई पार्टीलाई जेठ २ मा लैजानका लागि प्रदेशमा सहजीकरण गर्नसमेत आग्रह गरेका छन्।सुदूरपश्चिमको स

भीम रावल र ईश्वर पोखरेलबीच छलफल

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष भीम रावल तथा महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ। आइतबार टोखास्थित पोखरेल निवासमा भएको भेटमा १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टी एकता गर्नेबारे छलफल भएको बताइएको छ। गत असार २७ गते एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षका कार्यदलबीच १० बुँदे सहमति भएको थियो। उक्त १० बुँदे […]

भीम रावल माधव पक्षमा नरहने, ओलीले किन देखाए सदाशयता ?

काठमाडौं, ४ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावल यतिबेला पार्टी विवादमा तटस्थ भूमिकामा देखिएका छन् । पछिल्लो समय उनी न त एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा छन् न त माधवकुमार नेपालको पक्षमा छन् । तर, रावल कुन पक्षमा लाग्ने हुन् ? चासोको विषय बनेको छ । रावलले आइतबार प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा […]

कोटेश्वरबाट भीम रावल फर्किएसँगै सुरु भयो कार्यदल बैठक

नेकपा एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा  ओली र माधव कुमार नेपाल पक्षबीच देखिएका समस्याहरु समाधान गर्न गठित कार्यदलको बैठक पौने १२ बजेदेखि सुरु भएको हो।  यसअघि बिहान १० बजेका लागि तय भएको बैठक एमाले नेपाल पक्षका कार्यदलका सदस्य भीम रावल नेपाललाई भेट्न कोटेश्वर स्थित निवास पुगेपछि पर धकेलिएको थियो ।  बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घ

अनुशासनहीन र अराजक काम गर्ने नेता केपीजी नै हो : भीम रावल

काठमाडौं, १६ जेठ । नेकपा (एमाले) बाट निश्काषित नेता डा. भीम बहादुर रावलले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वेच्छाचारी, अनुशासनहीन र अराजक काम गर्ने नेताको संज्ञा दिएका छन् । प्रधानमन्त्री ओलीले आजको एक कार्यक्रममा पार्टी अनुशासनही र अराजक भएको भनेको कुरा उल्लेख गर्दै यस्तो टिप्पणी गरेका हुन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले […]