नेकपा एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपाल पक्षबीच देखिएका समस्याहरु समाधान गर्न गठित कार्यदलको बैठक पौने १२ बजेदेखि सुरु भएको हो। यसअघि बिहान १० बजेका लागि तय भएको बैठक एमाले नेपाल पक्षका कार्यदलका सदस्य भीम रावल नेपाललाई भेट्न कोटेश्वर स्थित निवास पुगेपछि पर धकेलिएको थियो । बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घ