सुदूरपश्चिमको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित
२४ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएको छ ।
आइतबार प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बिहीबारको …
कैलाली । सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । बिहीबार चौथो अधिवेशनको पाँचौँ बैठकमा सभामुख भीम भण्डारीले नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका हुन् । सभामुख भण्डारीले नीति तथा कार्यक्रम पारित गर्न निर्माणार्थ प्रस्तुत गर्दा सत्ता पक्षमा बसेका सांसदहरूले हुन्छ भनेका थिए भने विपक्षी बेन्चमा बसेका सांसदहरूले […]
सुदूरपश्चिम प्रदेश सरकारले आइतबार प्रदेशसभामा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विगतझैं थुप्रै आकर्षक नाराहरु उल्लेख छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिएको छ । प्रदेश प्रमुख देवराज जोशीले बुधबार बसेको प्रदेश सभा बैठकमा सो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले नयाँ आर्थिक वर्षका लागि पुरानै सरकारले ल्याएर कार्यान्वयन गरेको नीति तथा कार्यक्रमको नयाँ स्वरुपमात्रै दिएको छ । पुराना कार्यक्रमलाई […]
२४ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार प्रदेश प्रमुख देवराज जोशीले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। नीति तथा कार्यक्रममा आगामी ५ वर्षभित्र स्थानीय तहका केन्द्र जोड्ने गरी सडक निर्माण गर्ने, गोदावरी–अत्तरिया–धनगढी सडकमा मनोरेल सञ्चालन गरिने, सडक किनारमा वृक्षरोपण गर्ने, सडकको […]
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभामा आज प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । आज अपराह्न ४ बजेपछि बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको बैठकमा सरकारको विनियोजन विधेयक २०८०/८१ का सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएपछि आज […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख देवराज जोशीले आइतबार प्रदेश सभाको १०औँ अधिवेशनको पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नयाँ नारासहित अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएको कार्यक्रममा युवा स्वरोजगार र प्रदेशको आर्थिकस्तर वृद्धि गर्ने खालका...
सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम जेठ २२ गते प्रदेश सभामा प्रस्तुत हुनेभएको छ । आइतबार प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने सभामुख अर्जुनबहादुर थापाले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।प्रदेश सभाको आइतबार बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम पारित गरेको हो । बिहीबार प्रदेश सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम तीन दिन सभामा छलफल गरी पारित गरिएको छ ।कोरोनाको कारण लामो समय सदन सञ्चालन गर्न नसकिने भएको […]
सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएर आगामी आर्थिक वर्ष २०७८/०७९को नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख गंगाप्रसाद...