२९ कात्तिक, विराटनगर । गत कात्तिक २२ गते दिउँसो बुढीगंगा गाउँपालिका–५ लिची बगैंचा टोलका १४ वर्षीय निश्चल रायको शव तीन दिनपछि एक किलोमिटर टाढा सिंघिया खोलामा भेटियो । बुबा उपेन्द्रका अनुसार खोलामा शव भेटिएपनि निश्चलको मृत्यु पानीमा डुबेर भएको जस्तो देखिदैन । घाँटी भाँचिएको, तिघ्रामा डोरीले बाँधेको डाम देखिएको, छातीमा जुत्ताको डामदेखिएको उनको भनाइ छ […]