सङ्खुवासभा : जिल्ला अस्पताल सङ्खुवासभाको लापरबाहीका कारण एक सुत्केरीको पेटभित्र कपडा भेटिएको छ। शल्यक्रिया गरिएकी ती सुत्केरीको पेटभित्र कपडा भेटिएको घटना बाहिरिएको छ। गत माघ १३ गते जिल्ला अस्पताल सङ्खुवासभामा शल्यक्रिया गरिएकी पाँचपखपन नगरपालिका–६ की सुत्केरी ३१ वर्षीया तारा भण्डारीको पेटमा कपडा भेटिएको हो। सुत्केरी भएको एक सातापछि भण्डारीको पेटभित्र एक पिस गज भेटिएको जनाइएको छ। शल्यक्रिया गरेर बच्चा जन्मिएको पाँच दिनपछि भण्डारीलाई औषधि दिएर अस्पतालले डिस्चार्ज गरेको थियो त