अर्को हप्ताबाट स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइ शुरू हुने, तीन सिफ्टमा छाप्ने योजना

करिब छ महिनासम्म स्थगित भएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरु हुने भएको छ । फ्रान्सको सेल्प कम्पनीले सम्झौताअनुसार १४ लाखप्रति कार्ड उपलब्ध गराएपछि छपाइ कार्य सुरु हुने भएको हो । यातायात व्यवस्था विभागले कार्ड अभाव भएपछि अति आवश्यक सवारी चालक अनुमतिपत्र मात्र छपाइ गर्दै आएको थियो । विभागले १४ लाखप्रति कार्ड आएपछि छपाइ कार्य तीव्र बनाइने जनाएको छ...

सम्बन्धित सामग्री

स्मार्ट लाइसेन्सको छपाई सुरु, हुलाकबाट सेवाग्राहीको घरघरमै पुर्याइने

स्मार्ट लाइसेन्सको छपाई मंगलबारबाट सुरु भएको छ । झण्डै ७ महिना रोकिएको स्मार्ट लाइसेन्सको छपाई मंगलबारबाट सुरु भएको हो । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा एक औपचारिक कार्यक्रमको आयोजना गरेरै स्मार्ट लाइसेन्सको छपाई सुरु गरेको हो ।हुलाकबाट घरघरमा पुर्याइनेलाइसेन्स छपाईको काम सुरु भएसँगै यस पटक विभागले सेवाग्राहीको घरघरमै ड्राइभिङ लाइसेन्स पुर्याउने योजना बनाएको छ । कार्यक्रममै मन्त्री यादवले यस्तो उद्घोष गरेकी हुन् ।‘काठमाडौँ आएर लाइसेन्सको ट्रायल परीक्षा दिएर लाइसेन्स नआएसम्म काठमाडौँमै बस्नुपर्ने बाध्यता हटाउन हामी लागिपरेका छौँ’ मन्त्री यादवले भनिन्, ‘अब छपाईको काम सकिएपछि हामीले हुलाकबाट सेवाग्राहीको सम्बन्धित ठाउँमै लाइसेन्स पुर्याउने व्यवस्था गर्न लागेका छौँ ।’लाइसेन्स छपाईको काम माघ भित्रै सक्ने लक्ष्य विभागको छ । ४ वटा मेशिनबाट दैनिक १० हजार प्रिन्टविभागले ४ वटा मेशिनबाट स्मार्ट लाइसेन्स छपाईको काम गर्दै आएको छ । ३ सिफ्टमा काम भईरहेको छ । मेशिनले प्रतिघण्टा ४५० वटा कार्ड प्रिन्ट गर्नेछ । ३ सिफ्टमा दैनिक १० हजार कार्ड छापिने विभागले जनाएको छ ।कति छापिन्छ कार्ड ?विभागले १४ लाख स्मार्ट लाइसेन्स छाप्नेछ । फ्रान्सेली कम्पनी सेल्प एसएसएलबाट १४ लाख स्मार्ट कार्ड आईसकेकाले छ । यसअघि कोरोनाका कारण स्मार्ट कार्डको आयात रोकिएको थियो । जसका कारण स्मार्ट लाइसेन्स छपाई र वितरणको काम ७ महिनादेखि रोकिएको थियो ।विभागका अनुसार हाल ४ लाख बढी चालकहरु राजश्व तिरेको रसिदको भरमा सवारी चलाईरहेका छन् । सुरुमा उनीहरुलाई नै स्मार्ट लाइसेन्स वितरण गरिनेछ । त्यसपछि मात्रै नयाँलाई दिइने छ ।२०७२ मंसिरदेखि नेपालमा स्मार्ट लाइसेन्स वितरण सुरु गरिएको थियो ।

कहिले होला रसिद रिप्लेस? आजबाट छापिँदैछ ड्राइभिङ लाइसेन्स, तीन सिफ्टमा हुँदै काम

काठमाडौं : कार्ड आइपुगेको करिब एक महिनापछि यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको उपस्थितिमा आज म‌ंगलवार दिउँसो ३ बजेबाट छपाइ सुरु गर्न  लागिएको हो। मंसिर पहिलो साता १४ लाख स्मार्ट कार्ड आइपुगेको थियो। उक्त कार्डको विभागले दिएको स्पेशिफिकेशन…