स्थापना कालदेखि जग्गा र भवनको विवाद झेल्दै आएको कृषि तथा वनविज्ञान विश्वविद्यालय, वन विज्ञान सङ्काय, हेटौँडाले आफ्नै भवन पाएको छ । सङ्घीय सरकारको अनुदान सहयोगमा निर्माण भएको पाँच तले भवनमा अब वनविज्ञान सङ्काय डिनको कार्यालयसँगै शैक्षिक कार्यक्रम सञ्चालन हुने भएको छ । वनविज्ञान सङ्काय डिनको कार्यालय र शैक्षिक कार्यक्रम त्रिभुवन विश्वविद्यालय वनविज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसको भवनमा सञ्चालन हुँदै आएको थियो । कृषि तथा वनविज्ञान विश्वविद्यालय ऐन, २०६७ मा त्रिविविको आङ्गिक क्याम्पसका रूपमा रहेको कृषि तथा पशुविज्ञान अध्ययन संस्थान, रामपुर कृषि क्याम्पस र हेटौँडा वन
इलाम । इलाम नगरपालिकाले इलाम सामुदायिक कृषि क्याम्पस सञ्चालनमा ल्याएको छ । यो क्याम्पस पूर्वाञ्चल विश्वविद्यालयको पहिलो सामुदायिक र स्थानीय तहले सञ्चालन गरेको पहिलो कृषि क्याम्पस हो । यस क्याम्पसमा आउँदो चैत १० गतेबाट पढाइ हुने गरी बीएससी एग्रिकल्चर कक्षा शुरु हुन लागेको छ । इलाम नगरपालिका–९ मा बसपार्क सञ्चालनका लागि निर्मित नयाँ भवनमा क्याम्पस […]
इलाम- इलाममा निर्माण सम्पन्न भएको बसपार्कमा कृषि क्याम्पस सञ्चालन हुन लागेको भन्दै विरोध सुरु भएको छ । करोडौं रकम खर्च गरेर बसपार्क निर्माण भए पनि सञ्चालनमा नआई कृषि क्याम्पस सञ्चालन हुन लागेको भन्दै विरोध सुरु भएको हो ।कृषि क्याम्पस सुरु हुनु जिल्लाकै प्रतिष्ठाको कुरा हो । तर जहाँ सञ्चालन हुनुपर्ने हो त्यहाँ नभएको भन्दै विरोध […]
मङ्गलबारे, २५ असोज: इलाममा सामुदायिक कृषि क्याम्पस सञ्चालन हुने भएको छ । इलाम नगरपालिकाको पहलमा सो क्याम्पस सञ्चालन हुने भएको हो । इलाम नगरपालिका–९ शेरामा निर्माण भएर पनि सञ्चालनमा नआएको बसपार्कको भवनमा कक्षाकोठा तयार पार्न लागिएको छ । प्रयोगशाला र पुस्तकालय निर्माण भइरहेको सञ्चालक समितिका सचिव ठाकुरनारायण श्रेष्ठले बताए । कृषि प्राविधिक उत्पादन गर्ने उद्देश्यले […]
असार ३१, झापा । झापाको गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारी खेतीले ५० जना अट्ने क्षमताको वातानुकूलित नमूना घरबास (होमस्टे) बनाएको छ ।
प्रदेश नम्बर १ मै पहिलोपटक कृषि सहकारीले रू. एक करोड २० लाखको लागतमा कृषि पर्यटन प्रवर्द्धनका लागि बनाएको यो पहिलो ‘कृषि होमस्टे’ हो । यद्यपि सहकारीले कोडिभ–१९ का कारण निर्माण सम्पन्न भए पनि सञ्चालनमा ल्याउन सकेको छैन ।
पूर्व पश्चिम राजमार्गको पाडाजुँगी चोकबाट करीब ३० किलोमिटरको दूरीमा रहेको यो होमस्टे देशका विभिन्न सहकारीबाट यहाँको नमूना खेती अवलोकन भम्रणमा दैनिक आउने पाहुनाका लागि बनाइएको सहकारीका अध्यक्ष वेदनिधि चापागाईंले बताए ।
कृषि पर्यटनलाई लक्षित गरी संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा १२ कठ्ठा जमीनमा निर्माण भएको होमस्टे आकर्षक र सुन्दर छ ।
तीन वर्षअघि तत्कालीन कानूनमन्त्री अग्नि खरेलले शिलान्यास गरेको पाहुना घरमा ८ ओटा सुुत्ने र बस्ने सुविधा सम्पन्न कोठा तथा एउटा ८० जना अट्ने तालीम हल बनेको छ । उनका अनुसार दुई ओटा कोठामा दुई/दुई ओटा शय्या रहेका छन् भने बाँकी छ ओटा कोठामा ८ ओटाका दरले शय्या व्यवस्थापन गरिएको छ ।
विसं २०७० मा महारानी झोडा साना किसानले प्रवर्द्धन गरेको सहकारीले नाफा कमाउने भन्दा पनि सेवा गर्ने उद्देश्यले होमस्टे बनाएको जानकारी दिएको छ ।
‘नाफा कमाउने सोचले होइन’, अध्यक्ष चौपागाईंले भने, ‘अवलोकन भ्रमणमा देशभरका सहकारीबाट आउनुहुने पाहुनालाई सस्तो र गुणस्तरीय सेवा प्रदान गर्ने हामो लक्ष्य छ ।’
तीन वर्ष अघि सरकारले मुलुक भरमा तोकेका १०० पर्यटकीय गन्तव्यमध्ये एक कृषि गन्तव्यका रूपमा सूचीकृत सहकारीलाई होमस्टे निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मा रू. ६५ लाख, २०७६/०७७ मा रू. ४५ लाख र चालू आव २०७७/०७८ सालमा रू. ५० लाख गरी कुल रू. एक करोड ६० लाख उपलब्ध गराएको उनले बताए । सो रकममध्ये होमस्टे निर्माणमा रू. एक करोड २० लाख खर्च भएको छ भने बाँकी रकम सोही स्थानमै बनेको ज्येष्ठ नागरिक चौतारीमा लगाइएको छ ।
उनले होमस्टेका सुन्दर वातानुकूलित कोठामा एक दिन बस्नका लागि प्रतिव्यक्ति रू. २०० मात्र तिर्नुपर्ने र सहकारीले नै उत्पादन गरेको स्वादअनुसारका खानाको व्यवस्थासमेत हुने बताए । सहकारीले जैविक तरकारी खेती, गाई फार्म, माछा, लोकल कुखुरा, बट्टाइपालन गरेको छ भने यहाँ आउने पाहुनाका लागि ५० जनाले एकै पटक खाना खान सक्ने क्षमताको चमेनागृहसमेत निर्माण गरेको छ ।
‘बास्मती चालमको भातसहित पाहुनाको स्वाद र रुचिअनुसारको परिकार खुवाउँछौँ’, उनले भने, ‘न्यूनतम मूल्यमा सबै कुरा एकै ठाउँ उपलब्ध गराउने हो ।’ कोभिड–१९ का कारण गत वर्ष र यो वर्ष सहकारी भ्रमणमा आउने क्रम घटेको छ । अध्यक्ष चापागाईंले सहज अवस्था हुँदा वर्षमा ५० हजारभन्दा बढी कृषि तथा सहकारी क्षेत्रका अभियानकर्मी नमूना खेती अवलोकन भ्रमणका लागि आउने गरेको बताए ।
यसअघि यहाँ आउने कृषि पर्यटकले बास बस्नकै लागि दमक, विर्तामोडलगायतका होटलमा पुग्नेपर्ने बाध्यता थियो । अब यहीँको होमस्टेमा बसेर सहकारीे एकअर्काका अनुभव साटासाट गर्ने अवसर मिल्ने महारानीझोडा साना किसान सहकारी संस्थाकी अध्यक्ष मीना ढकालले बताए ।
पछिल्लो समय कृषिको ‘हब’ बन्दै गएको गौरादहमै कृषि क्याम्पस तथा महिलाले नै सञ्चालन गरेको देशकै नमूना महारानीझोडा साना किसान सहकारी संस्थासमेत रहेका छन् ।
त्यसैगरी सहकारीले होमस्टेसँग ज्येष्ठ नागरिक मिलन केन्द्र र चौतारीसमेत धमाधम निर्माण गरिरहेको छ । यसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चालू आवमा रू. ७० लाख बजेट विनियोजन गरेको थियो । ज्येष्ठ नागरिकलाई आनन्ददायीपूर्वक समय बिताउन सहयोग पुर्याउने उद्देश्यले होमस्टे परिसरमै मिलन केन्द्र निर्माण भइरहेको छ । रासस
स्याङ्जाको चापाकोट नगरपालिका क्षेत्रभित्र कृषि क्याम्पस सञ्चालनका लागि विशेषज्ञसहितको टोलीले फिल्ड सर्भे गरेको छ । कृषि तथा बालीविज्ञान युनिभर्सिटी भरतपुरका डीनसहितको नेतृत्वमा आएको चार सदस्यीय टोलीले फिल्ड सर्भे गरेको हो ।
बाँके – बाँकेको खजुरा सन्तकुटीमा कृषि क्याम्पस सञ्चालनका हुने भएको छ ।
खजुरा गाउँपालिका –३, मा रहेको जनता नमुना माविको ९ बिघा जग्गामा कृषि क्याम्पस स्थापना हुन लागेको कृषि क्याम्पस सहयोग तथा सञ्चालन समितिका अध्यक्ष समेत रहनुभएका प्रदेशसभा सदस्य आईपी खरेलले जानकारी दिनुभयो ।
कृषि क्याम्पसका लागि बजेट...
चितवन : त्रिभुवन विश्व विद्यालयबाट छुटेर कृषि तथा वन विज्ञान विश्वविद्यालय बनेपछि चरम विवादमा रुमलिएको थियो त्रिविअन्तर्गत चितवनको रामपुर कृषि क्यम्पस। जसका कारण विगत ६ वर्षदेखि चितवनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयले मात्रै कृषि क्याम्पस सञ्चालन गरेको थियो। त्रिवि अन्तर्गतको कृषिका कक्षाहरू अन्यत्रै सरेका थिए।&...
बिएस्सी एजी पढ्न पहिलो वर्ष ५२ विद्यार्थी भर्ना कृषि तथा वन विज्ञान विश्वविद्यालयले चालू शैक्षिक सत्रदेखि पाख्रिबासमा कृषि क्याम्पस सञ्चालन गर्ने भएको छ । पाख्रिबास कृषि क्याम्पसले ९ चैतबाट बिएस्सी...पूरा पढ्नुहोस् »
२५ पुस, चितवन । चितवनको रामपुरबाट कृषि कार्यक्रम 'फेजआउट' भएपछि त्रिभुवन विश्वविद्यालयले पूर्वी चितवनको चैनपुरमा कृषि क्याम्पस सञ्चालनको तयारी गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले खैरहनी नगरपालिका-४, चैनपुरस्थित तत्कालीन माओवादी लडाकु शिविर भुताहामा कृषि क्याम्पस सञ्चालन गर्न लागेको जनाएको छ ।
त्रिविका उपकुलपति रहेका तीर्थ खँनियाको चाहाना र खैरहनी नगरपालिकाको पहलमा माओवादी लडाकुहरुले …