‘सवारी साधनको नम्बर प्लेट नेपाली भाषामा लेख्नुपर्छ’

काठमाडौँ । नेपाली भाषा तथा साहित्यको संरक्षणका लागि सवारी साधनमा राखिने नम्बर प्लेट नेपाली भाषामा लेख्नुपर्ने बताइएको छ । नेपाल शिक्षा परिषद्ले आज यहाँ आयोजना गरेको ‘सवारी साधनमा राखिने नम्बर प्लेटको अङ्क र अक्षर देव नागरिकमा लेखिनुपर्ने विषयक विचार सभा’ बोल्ने वक्ताहरूले नेपाली भाषाको संरक्षणका लागि नेपालमा दर्ता भएका सवारी साधनको नम्बर प्लेट नेपाली भाषामा […]

सम्बन्धित सामग्री

‘सवारीका किसिम हेरेर इम्बोस्ड नम्बर प्लेट दिन्छौं’

३२ जेठ, काठमाडौँ। लामो समयको अन्यौलका बीच इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्ने सरकारको निर्णयपछि त्यसको कार्यान्वयका लागि तयारी अघि बढाइएको छ ।  यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अङ्ग्रेजी, नेपाली र मिश्रित भाषामा छाप्नका लागि आवश्यक तथ्याङ्क सङ्कलनको काम अघि बढाएको छ। गत चैत २१ गतेको मन्त्रिपरिषद्को बैठकले इम्बोस्ड नम्बर प्लेट...

इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा राख्न माग

काठमाडौं : मानक नेपाली भाषा अभियान अन्तरराष्ट्रिय सञ्जालले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट नेपालीमा मात्रै राख्न माग गरेको छ। सञ्जालले वक्तव्य नै जारी गरि अंग्रेजी भाषामा नभइ नेपाली भाषामा राख्न माग गरेको हो।‘यस सञ्जालको निरन्तर विरोध र समन्वयात्मक भूमिकाका कारण सवारीसाधनमा राखिने इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गरिने भन्ने हालै नेपाल सरकारद्वारा गरिएका निर्णयको स्वागत गर्दै तत्काल कार्यान्वयनका लागि सञ्जाल हार्दिक आग्रह गर्दछ,’ वक्तव्यमा भनिएको छ।तर सवारीसाधनमा इ

सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा अनिवार्य गर्न बारको माग

काठमाडौं । नेपाल बार एशोसिएसनले सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा अनिवार्य गर्न माग गरेको छ । नेपाल बारले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अंग्रेजी भाषामा लेखिँदै आएको नम्बर प्लेट संविधानविरुद्ध भएको भन्दै नेपाली भाषा प्रयोग गर्न माग गरको छ । बारले जारी गरेको विज्ञप्तिमा नेपाली नागरिकले प्रयोग गर्दै आएको भाषा संरक्षण, सम्बद्र्धन गर्न यातायात […]

कति सम्भव छ ‘इम्बोस्ड नम्बर प्लेट’मा नेपाली भाषा?

काठमाडौं : यातायात व्यवस्था विभागले गत जेठ २० गते सूचना जारी गरी साउन १ गतेदेखि सवारीसाधनमा अनिवार्य ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गर्न भन्यो। प्लेट जडान नगरिएको पाए सवारी तथा यातायात व्यवस्था ऐन अनुसार कारबाही गर्ने चेतावनी समेत विभागले दियो ।विभागले यसअघि पनि पटक-पटक सार्वजनिक सूचनामार्फत अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न उर्दी जारी गरेको थियो। सर्वसाधारणको विरोधका कारण सफल भएको थिएन। अहिले पनि विभागको दबाब र नम्बर प्लेटमा प्रयुक्त भाषाको विषयमा विरोध भइरहेको छ। नम्बर प्ले

इम्बोस्ड नम्बर प्लेट नेपालीमा लेख्न छलफल

काठमाडौं, साउन ९ । इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्ने सम्भावनाका बारेमा आवश्यक छलफल अघि बढाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण कम्पनी टाइगर डेकाटुरसँग प्लेटमा नेपाली भाषा लेख्ने सम्भावनाका बारेमा छलफल सुरु गरेको हो। मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले भने, “इम्बोस्ड नम्बर प्लेट देवनागरीमा लेख्ने बारेमा मन्त्रालयले विभाग र कम्पनीसँग छलफल गरिरहेको छ तर […]

इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्ने बारे छलफल

इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्ने सम्भावनाका बारेमा आवश्यक छलफल अघि बढाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण कम्पनी टाइगर डेकाटुरसँग प्लेटमा नेपाली भाषा लेख्ने सम्भावनाका बारेमा छलफल सुरु गरेको हो।मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले भने, “इम्बोस्ड नम्बर प्लेट देवनागरीमा लेख्ने बारेमा मन्त्रालयले विभाग र कम्पनीसँग छलफल गरिरहेको छ तर टुङ्गिएको छैन ।” यातायातमन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट जडानबारे अध्ययन गर्न कार्यदल बनाएका थिए । कार्यदल

इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्न लेखक संघको माग

काठमाडौं- नेपाली लेखक संघले सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा नै प्रयोग गर्न माग गरेको छ। संघले बुधबार विज्ञप्ति जारी गरी अंग्रेजीमा मात्र नम्बर प्लेट राखेर नेपालमै नेपाली भाषाको अवमूल्यन भएको भन्दै इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा हुनुपर्ने माग गरेको हो । यस विषयमा संघले सुरुदेखि नै सरकारको ध्यानाकर्षण गराउँदै आए पनि बेवास्ता गरिएको संघको आरोप […]

इम्बोस्ड नम्बर प्लेट खारेजलगायत ११ बुँदे माग राख्दै व्यवसायीद्वारा विभाग घेराउ

इम्बोस्ड नम्बर प्लेट खारेजलगायतका ११ बुँदे मागसहित यातायात व्यवसायीहरुले  यातायात व्यवस्था विभागमा धर्ना दिएका छन्। सरकारले सार्वजनिक यातायात र ट्याक्सीको भाडा समायोजन नगरेको, इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग नगरेको,...

सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान सुस्त

काठमाडौं । सवारीसाधनको सुरक्षाका लागि इम्बोस्ड नम्बर प्लेट जडान गर्न तोकिएको अवधि सकिँदासम्म प्रगति १ प्रतिशतभन्दा कम छ । सरकारले ५ वर्षमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानको लक्ष्य राखेकोमा हालसम्म १९ हजार १२१ सवारीसाधनले मात्रै लिएको तथ्यांक छ ।      सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नेगरी ठेक्का सम्झौता गरेको ५ वर्ष बितिसक्दा यसको प्रगति न्यून भएको हो । लामो समयसम्म कानूनी अवरोधका कारण सो नम्बर प्लेट वितरण अघि बढ्न सकेको थिएन भने चालू आवमा कोभिड संक्रमण बढिरहेकाले यसको गति सुस्त भएको यातायात व्यवस्था विभागले बताएको छ । गत जेठमा यसको अवधि सकिएकाले पुनः साढे दुई वर्षका लागि थप गरिएको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए । ‘अब पनि कुनै ठूलो समस्या आएन भने थपिएको अवधिमै सवारीसाधनमा इम्बोस्ड नम्बर जडान भइसक्नेछ,’ उनले भने, ‘इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा हुनुपर्ने माग गर्दै अदालतमा मुद्दा दायर भएकामा गत फागुनमा सो मुद्दामा अदालतले प्लेट रोमन लिपिमा गर्दा फरक पर्दैन भन्ने निर्णय गरेको थियो । लामो समयसम्म अदालती प्रक्रियामै लागेको निर्देशक पौडेलले बताए । अब नयाँ दर्ता हुने र नवीकरण हुने सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको छ । ‘नयाँ खरीद भएका र नवीरकण हुँदा अनिवार्य हुनेछ भने अरू सवारीसाधनले पनि ऐच्छिक रूपमा राख्न पाउनेछन् ।’ साढे २ वर्षमा सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानका लागि जनशक्ति र उपकरणको क्षमता त्यसअनुसार रहेको विभागले बताएको छ । विभागले गत आवमा सीमित कार्यालयमा मात्रै सेवा दिइएकोमा अबका दिनका प्रदेशअन्तर्गतका यातायात कार्यालयबाट पनि नम्बर प्लेट दिने योजना बनाइएको निर्देशक पौडेलले बताए ।   उपत्यकासँगै बाहिर रहेका विभागअन्तर्गतका सवारी जाँच केन्द्र (भेहिकल फिटनेस सेन्टर) र यातायात व्यवस्था कार्यालयबाट उक्त सेवा दिने योजना बनाइएको छ । ‘हामीले त्यस अनुसारको कार्ययोजना बनाइरहेका छौं,’ उनले भने ।      पहिले अदालतमा मुद्दाका कारण र पछिल्लो समयमा कोभिडका कारण उच्च सुरक्षासहितको सवारीसाधनमा प्रयोग हुने नम्बर प्लेट (इम्बोस्ड नम्बर प्लेट) को कार्यान्वयन सुस्त भएको हो । विभागले २०७३ जेठ १७ गते टाइगर आइटी (द कर्पाेरेसन)सँग नम्बर प्लेट आपूर्ति र जडानका लागि सम्झौता गरेको थियो ।     गत जेठमा अवधि सकिएकोमा केही समय पहिले मात्रै अवधि थपिएको हो । प्रविधियुक्त सो नम्बर प्लेटको प्रयोगले सवारीसाधनको चोरी, राजस्व छली र आपराधिक क्रियाकलाप रोक्ने अपेक्षा गरिएको छ । विभागले सम्झौतामा वैयक्तिक नामांकन र सूचना प्रविधि पूर्वाधारसमेत निर्माण गरिने उल्लेख थियो । आधुनिक र वैज्ञानिक नम्बर प्लेट अन्तरराष्ट्रिय प्रतिस्पर्धामा बोलपत्र आह्वान गरिएको थियो । सम्झौताका आधारमा आपूर्तिकर्ता कम्पनीले २५ लाख कार्डसँगै सवारीधनीलाई इम्बोस्ड प्लेट प्रणालीमा आबद्ध गराउन र सवारीसाधनका लागि कम्प्युटर प्रणालीबाट नम्बर प्लेट जारी गर्न वैयक्तिक कार्यक्रमलगायत सफ्टवेयर निर्माण गर्ने उल्लेख थियो । सो सफ्टवेयर तयार भएर सञ्चालनमा आइरहेको छ । त्यस्तै नम्बर प्लेट छपाइका लागि प्रयोग हुने मेशिनरी उपकरण जडान तथा सञ्चालन गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख भएकामा उपकरणसहित कारखाना चालू अवस्थामा छ ।      ‘स्टिकर’ वा ट्यागजडित सवारीसाधनको विद्युतीय अनुगमनका लागि १० स्थानमा गेट निर्माण गर्न सडक विभागसँग समन्वय भइरहेको महानिर्देशक नमराज घिमिरेले बताए । उनका अनुसार काठमाडौं उपत्यकामा नागढुंगा, जगाति, नागार्जुन, फर्पिङ, जोरपाटी र उपत्यकाबाहिर इटहरी, पथलैया, बुटवल, कोहलपुर तथा अत्तरियामा निर्माण चालू आवमा शुरू गरिने उनले जानकारी दिए । संविधानअनुसार देवनागरी लिपिमा लेखिने नेपाली भाषा नै सरकारी कामकाजको भाषा भएकाले नम्बर प्लेट पनि सोही अनुसार हुनुपर्ने माग गर्दै २०७४ फागुनमा रिट दर्ता गरिएको थियो । सो मुद्दामा अदालतले अन्तरिम आदेश दिएकाले नम्बर प्लेट जडान रोकिएको थिया । उक्त मुद्दामा रिट खारेज गरेपछि पुनः अघि बढाउन बाटो खुलेको थियो । अदालतले छिमेकी देशहरूले पनि इम्बोस्ड नम्बर प्लेटमा रोमन लिपि नै प्रयोग गरेको र नेपालको छिमकी देशसँग अन्तरदेशीय पारवाहन सम्झौता भएकाले रोमन लिपिीको प्रयोग अनुपयुक्त नहुने फैसला गरेको थियो । रासस